बौद्ध धर्म ङिङ्म सम्प्रदायको परम पूजनीय गुरु खेन्पो साँगे राङ्ज्युङ रिन्पोछे ज्युको बाहुली बाट “आयु अभिषेक” (छेवाङ) प्रदान हुने
भएको छ
नेपाल बौद्ध परिवार दक्षिण कोरिया र यु डि सि भिक्षु संघ दक्षिण कोरियाको संयुक्त आयोजनामा २०२५ नोभेम्बर १६ (आइतबार) का दिन नेपाल नागार्जुन गुम्बा जेहेङमा परम पूजनीय गुरु खेन्पो साँगे राङ्ज्युङ रिन्पोछे ज्युले सर्वसाधारण श्रद्धालु भक्तजनहरूलाई दीर्घायु , उत्तम स्वास्थ्य, सौभाग्य र आध्यात्मिक प्रगतिको वाङ प्रदान गर्नुहुने नेपाल बौद्ध परिवार कोरियाको प्रमुख लामा सांगे फुन्छोक शेर्पा ज्युले हिमाली सन्देशलाई बताउनु भयो ।
कार्यक्रम सम्बन्धी जानकारी
• मिति: २०२५ नोभेम्बर १६ गते, आइतबार
• समय: बिहान ९:०० बजेदेखि (समयमै उपस्थित हुन अनुरोध)
• स्थान: ( नेपाल नागार्जुन गुम्बा जेहेङ )
•
कार्यक्रमको स्वरूप:
• प्रारम्भिक प्रार्थना र शुद्धीकरण पूजा
• रिनपोछे ज्युको धर्मदेशना (Teaching & Blessing)
• मुख्य “आयु अभिषेक” समारोह
• सामूहिक प्रार्थना र समापन मन्त्रोच्चारण
यस पवित्र आयु अभिषेक कार्यक्रममा सहभागी हुने सबैले परम पूजनीय गुरु खेन्पो साँगे राङ्ज्युङ रिनपोछे ज्युको अनन्त करुणा, आशीर्वाद र दीर्घायुको शक्ति प्राप्त गरी जीवनमा शान्ति, स्वास्थ्य, सौभाग्य, र बोधिचित्तको विकास होस् भन्ने हामी सबैको सामूहिक प्रार्थना रहोस्।
सबै प्राणी सुखी हुन्, स्वस्थ हुन्, र बोधिचित्तको उज्यालोले आलोकित हुन्।