१० अक्टोबर/लिस्बन- सोलुखुम्बु दुधकुण्ड नगरपालिका ९ का बिरामी याङडी शेर्पाको उपचारका लागि शेर्पा किदुग पोर्तुगलले आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरेको छ ।
आन्द्राको क्यान्सर भई हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामी शेर्पाको आर्थिक अवस्था नाजुक हुँदै गएपछी सहयोगको अपिल भएकाले शेर्पा किदुग पोर्तुगलले आर्थिक सहयोग संकलन गरि संकलित रुपैयाँ ९२,३४९ (६७४ युरो) सहयोग हस्तान्तरण गरेको किदुगका अध्यक्ष निमल्हमु शेर्पाले जानकारी गराएकी छन । अध्यक्ष शेर्पाले बिरामीको उपचारका लागि किदुगमार्फत सहयोग गर्ने सबैलाइ धन्यवाद पनि ज्ञापन गरेकी छन ।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh