सोलुखुम्बुमा आफ्नै बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते

सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आफ्नै बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन् । घाइते हुनेमा  सोलुदुधकुण्ड नगरपालिका ५ बसन्तबजारका २५ वर्षिय छोरा र १६ वर्षिय छोरी रहेका छन्।

प्रहरीका अनुसार आज (सोमबार) राति करिब साडे ८ बजे अन्दाजी ५५ का मोहन बराईलीले मादक पदार्थ सेवन गरेर छोराछोरी माथि एसिड प्रहार गरेका हुन् ।

एसिड प्रहारबाट घाइते छोरा र छोरीको जिल्ला अस्पताल फाप्लुमा भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये छोराको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

एसिड प्रहार गर्ने बराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।source:SoluFm

प्रकाशित मिति ७ मंसिर २०७८, मंगलवार ०९:३७

सम्बन्धित समाचारहरु