सोलुखुम्बु : सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन । जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर २ का ६८ वर्षीय कृष्णबहादुर बस्नेत घाइते हुनुभएको हो । रागाभैसी व्यापार गर्न जाने क्रममा कृष्ण बहादुरलाई सोलुदुधकुण्ड नगरपालिका १० धिमिलमा सोमबार भालुले आक्रमण गरेको हो ।
उहाँको शरीरका विभिन्न भागमा चोट लागेको छ । जिल्लामा भालुको आक्रमणबाट वर्षेनी बालीनालीसहित मानवीय क्षति हुनेगरेको छ । यो समयमा भालुले बच्चा जन्माउने भएकाले बढी आक्रामक हुने जानकारहरुले बताएका छन ।
सोलुदुधकुण्ड नगरपालिका १० धिमिलको स्थानियहरुले भने कृष्ण बहादुरलाई भालुले नभई कुकुरले टोकेको र कृष्ण बहादुर त्रास फैलाएको भताए
Source:solufm