शेर्पा भाषा एपका लागि ५० हजार सहयोग

काठमाडौ

भाषा एप निर्माणका लागि शेर्पा किदुग साइप्रसले ५० हजार सहयोग हस्तान्तरण गरेको छ । जम्बुलिङ शेर्वी छोक्पा अर्थात विश्व शेर्पा संघको पहलमा शेर्पा भाषा बिकास तथा संरक्षणको निर्माण भइरहेको एपका लागि किदुगले सहयोग उपलब्ध गराएको किदुगका अध्यक्ष ङिमदिकी शेर्पाले जानकारी दिनुभयो । रकम शेर्पा सञ्चार समूह नेपालका अध्यक्ष पासाङ शेर्पाले जम्बुलिङ शेर्वी छोक्पाका अध्यक्ष आङ दोर्जी लामालाई हस्तान्तरण गरेको हो ।

विश्व शेर्पा संघका अनुसार आर्थिक सहायोग रकम रू ९ हजार ९ सय ९९ सम्मको सहयोगमा किदुग र संस्थाको नाम राखिने छ । १० हजार देखि ४९ हजार ९ सय ९९ सय सम्मको रकममा ब्यक्तिको नाम र ठेगना राखिने छ।
५० हजार देखि ९९ हजार ९ सय ९९ सय सम्मको सहयोगमा ठेगना र फोटो सहितको नाम राखिने छ भने एक लाख देखि माथीको सहयोगमा ठेगना फोटो र छोटो परिचय सहितको नाम राखिने जनाएको छ ।
संघसंस्था र किदुगहरूको हकमा एक लाख देखि दुई लाख ९९ हजार ९ सय ९९ सय रकममा संस्थाको नाम लोगो राखिने छ । तीन लाख भन्दा माथि सहयोग गरेमा संस्थाको लोगो, नाम र सबै कार्यसमितिको फोटो राखिने जनाएको छ ।

प्रकाशित मिति १८ श्रावण २०७८, सोमबार ०८:४०

सम्बन्धित समाचारहरु