डिसेम्बर  24 आइतबार ,  “चोमोलोङ्मा सांगीतिक सौगात भाग – ४ “कार्यक्रमलाई सफल बनाउन नेपालीहरूको  बाक्लो बसोबास रहेको आनसान क्षेत्रमा कार्यक्रम तयारी सम्बन्धमा विशेष छलफल, तथा भेटघाट लगायत प्रचारप्रसारको कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको सल्लाहकार कार्यसमिति, सोलुखुम्बुको विभिन्न सामाजिक व्यक्तित्वबारेको सहभागितामा (याक रेष्टुरेन्ट) मा आगामी कार्यक्रम तयारी सम्बन्धमा विशेष छलफल, तथा भेटघाट  पश्चात आनसान क्षेत्रमा रहेको नेपाली होटल, मोबाइल पसलहरूमा पोस्टर वितरण, कार्यक्रम बारे थप जानकारी दिइ कार्यक्रम समापन भएको थियो।

चोमोलोङ्मा सांगीतिक सौगात भाग – ४ कार्यक्रमको सफल बनाउन विषेश टिकेट खरिद गर्नेहरूलाई लक्कि-ड्र मार्फत आईफोन 15 ,ल्यापटप , आईप्याड, मोबाइल र क्यास उपहारहरू समेतको ब्यवस्था गरेको संस्थाको अध्यक्ष राजु राईले हिमाली सन्देशलाई जानकारी दिनु भयो।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय