मलेसियाबाट एकैदिन ल्याइयो ६ श्रमिकको शव र १५ अस्तु

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका नेपाली श्रमिकको शव र अस्तु नेपाल ल्याइएको छ । आज (शुक्रबार) एकैदिन ६ श्रमिकको शव र १५ श्रमिकको अस्तु नेपाल ल्याइएको छ ।

नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको छ । शुक्रबार नेपाल ल्याइएको शवमध्ये एउटा शव २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएको शवसमेत रहेको बताइएको छ ।

परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको भनेपछि मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा उक्त शव नेपाल ल्याइएको हो । सन् २००२ मा मलेसियामा गएका ती श्रमिक परिवासँग सम्पर्कबिहीन रहेका थिए ।

प्रकाशित मिति २ आश्विन २०७८, शनिबार १८:३२

सम्बन्धित समाचारहरु