–निनाम लोवात्ती, नेपालमा हालसम्म १२ वटा राष्ट्रिय निकुञ्ज स्थापना भएका छन् । ती १२ वटा राष्ट्रिय निकुञ्जहरु हुन् १‚ खप्तड राष्ट्रिय निकुञ्ज । २‚ चितवन राष्ट्रिय निकुञ्ज । ३‚ पर्सा राष्ट्रिय निकुञ्ज । ४‚ बर्दिया राष्ट्रिय निकुञ्ज । ५‚ बाँके राष्ट्रिय निकुञ्ज । ६‚ मकालु बरुण राष्ट्रिय निकुञ्ज । ७‚ रारा राष्ट्रिय निकुञ्ज । ८‚ लाङटाङ राष्ट्रिय निकुञ्ज । ९‚ शुक्लाफाँट राष्ट्रिय निकुञ्ज । १०‚ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज । ११‚ शेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज । १२‚ सगरमाथा राष्ट्रिय निकुञ्ज । त्यस्तै गरेर पछिल्लो पटक ‘मेरा पिक राष्ट्रिय निकुञ्ज’ नयाँ निकुञ्जका रुपमा घोषणा हुने क्रममा रहेको छ । त्यस्तै नेपालमा एक सिकार आरक्षण क्षेत्र (ढोरपाटन) रहेको छ भने‚ एक वन्यजन्तु आरक्षण क्षेत्र (कोशी टप्पु) रहेको छ । उता ६ वटा संरक्षण क्षेत्रहरु पनि नेपालमा रहेका छन् । ती ६ वटा संरक्षण क्षेत्रहरु हुन् १‚ अन्नपूर्ण संरक्षण क्षेत्र । २‚ अपी नाम्पा संरक्षण क्षेत्र । ३‚ कञ्चनजंघा संरक्षण क्षेत्र । ४‚ कृष्णसार (बर्दिया) संरक्षण क्षेत्र । ५‚ गौरीशङ्कर संरक्षण क्षेत्र । ६‚ मनास्लु संरक्षण क्षेत्र ।


माथिका राष्ट्रिय निकुञ्जहरु‚ आरक्षण क्षेत्रहरु र‚ संरक्षण क्षेत्रहरुमध्ये आर्थिक गतिविधि तथा पर्यटकहरु आवतजावत गर्ने संख्याका हिसावले चितवन राष्ट्रिय निकुञ्ज महत्वपूर्ण रहेको छ । हुन पनि नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो ‘–चितवन राष्ट्रिय निकुञ्ज ।’ त्यसैले गर्दा पनि सुरुवाती समयदेखि नै नेपालको निकुञ्ज पर्यटनमा आर्थिक उपार्जनका हिसावले हेर्दा चितवन राष्ट्रिय निकुञ्जको एक दमै महत्वपूर्ण योगदान रहेको देखिन्छ‚ रहने गरेको छ । 


जस्तो कि‚ पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकहरुको संख्या र आर्थिक उपार्जनका हिसावले भन्नु पर्दा आर्थिक वर्ष २०७९/०८० को जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा जम्मा तीन लाख (स्वदेशीविदेशी) पर्यटकहरुले भ्रमण गरिसकेका छन् । समाचारअनुसार आर्थिक वर्ष २०७९/०८० को साउन महिनादेखि जेठ महिनासम्म चितवन राष्ट्रिय निकुञ्जमा दुई लाख ८८ हजार ३५९ जना पर्यटकले भ्रमण गरेका थिए । यसरी आर्थिक वर्ष २०७९/०८० को साउन महिनादेखि जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकमध्ये एक लाख ९८ हजार ८२६ जना आन्तरिक अर्थात् नेपाली पर्यटक रहेका छन् भने ३५ हजार ८३६ जना सार्क मुलुकका पर्यटक रहेका छन् । त्यस्तै गरेर अन्य मुलुकका २९ हजार ५७६ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् । साथै आर्थिक वर्ष २०७९/०८० को साउन महिनादेखि जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा दुई लाख ८८ हजार ३५९ जना पर्यटकले तिरेको राजस्व रकम १७ करोड ३० लाख तीन हजार ९०० सय रुपैयाँ संकलन भएको थियो । अझ भर्खरकै सकिएको हिन्दु धर्मालम्बीहरुको महान पर्व (चाड) बडादसैंमा पनि ठूलै संख्यामा आन्तरिक पर्यटकहरु विदा मनाउन चितवन राष्ट्रिय निकुञ्जमा गएका छन् । तर‚ सक्बन्धित निकायले आधिकारिक ढंगले तथ्यांक नदिएसम्म अहिले नै बडादसैंको अवसरमा यति संख्यामा आन्तरिक पर्यटकहरु विदा मनाउन चितवन राष्ट्रिय निकुञ्जमा गए भनी किटानीसाथ लेखिहाल्न सक्ने अवस्था छैन । 


कोरोना महामारी मत्थर भएपछि नेपालमा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या जसरी बढ्दै गएको देखिन्छ‚ त्यसरी नै आन्तरिक रुपमा नेपालको विभिन्न पर्यटकीयस्थलमा भ्रमण गर्न निक्लने स्वदेशी पर्यटकको संख्या कोरोना महामारीको समयभन्दा धेरै बढी रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याभन्दा आन्तरिक अर्थात् स्वदेशी पर्यटकको संख्या अत्यधिक रहनुमा चिनवत भगौलिक हिसाबले नेपालको केन्द्र (लगभग मध्य भाग) मा रहनु पनि मुख्य कारण हुन सक्ने देखिन्छ । अर्को भनेको विगतका केही वर्षदेखि नेपालीहरु पनि राष्ट्रिय चाडबाड र विदामा घरमै बसेर फिल्म हेर्ने‚ नातागोता र आफन्तलाई बोलाएर भोज–भतेर गर्ने‚ जुवा–तास खेल्ने‚ जाँड–रक्सी खाएर पैसा सक्ने‚ अन्य फुर्मायस गर्नेभन्दा पनि देश–देशावरको भ्रमणमा निक्लने क्रम बढ्दै गएको छ । राष्ट्रिय चाडबाड र विदामा घरमै बसेर फिल्म हेर्ने‚ नातागोता र आफन्तलाई बोलाएर भोज–भतेर गर्ने‚ जुवा–तास खेल्ने‚ जाँड–रक्सी खाएर पैसा सक्ने‚ अन्य फुर्मायस गर्नेभन्दा पनि देश–देशावरको भ्रमण गर्ने संस्कृतिको विकास युवा पुस्तामा अनिवार्य जस्तै हुँदै गएको देखिन्छ । जसले गर्दा नेपालको आन्तरिक पयर्टन प्रवद्धर्न गर्नमा ठूलो टेवा पुगेको छ । त्यस्तै गरेर आफ्‌नो देशको जातीय विविधता‚ भाषिक विविधता‚ सांस्कृतिक विविधता‚  भगौलिक विविधता‚ जातजाति पिच्छेको वेषभुषा‚ संस्कार‚ संस्कृति‚ बोलीचाली‚ परम्परागत कानुन‚ मूल्यान्यता‚ रहनसहन आदि प्रत्यक्ष हेर्ने‚ देख्ने र अनुवभ गर्ने सुनौलो अवसर पनि पाएका छन्‌‚ पाईन्छ । 


जे होस्‌‚ पछिल्लो पटक नेपालीहरु पनि ठूलो संख्यामा देश विदेश घुम्ने प्रचलन बढ्दै गएको छ । अझ नेपालीहरुले आफ्‌नो देशको विभिन्न क्षेत्रमा भ्रमण गर्न जाँदाभन्दा पनि अन्य देश घुम्न जाँदा धेरै खर्च गर्ने गरेको भन्ने तथ्यांक रहेको छ । त्यस्तै अर्को एक समाचारअनुसार नेपालमा आन्तरिक पर्यटक भएर घुम्ने नेपालीहरुले विदेशबाट नेपाल घुम्न आएका विदेशी पर्यटक (खास गरी नेपालको विभिन्न क्षेत्रमा पदयात्रा गर्न जाने विदेशी पर्यटकहरु) ले भन्दा धेरै खर्च गर्ने गरेका छन् । सो कुरो नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा होटल‚ लज‚ होमस्टे तथा गेस्ट हाउस सञ्चालन गर्ने स्थानीयहरुले बताएका हुन् । नेपाली र विदेशी पर्यटकले नेपालको भ्रमण गर्न जाँदा गर्ने खर्चको फाँटवारी त्यस्तो रहे तापनि केही पर्यटकीय क्षेत्रका स्थानीय होटल‚ लज‚ कटेज‚ होम स्टे‚ गेस्ट हाउस आदि सञ्चालकले चाहिँ अझसम्म पनि आफ्‌नो गाउँठाउँ घुम्न आउने नेपाली आन्तरिक पर्यटकलाई पर्यटक नै नमान्ने मानसिकता हटाई सकेको छैनन् । सुन्दा रपढ्दा निश्चय नै साह्रै नमीठो लाग्न सक्छ । तथापि आजभन्दा केही दशक अघिसम्म सोलुखुम्बुको लुक्ला‚ फाक्दिङ‚ जोरसल्लेभन्दा माथि नेपाली आन्तरिक पर्यटकले मात्रै नभएर केही विदेशी (जस्तै उदाहरणका लागि इजरायली) पर्यटकहरुले समेत बास पाउन ाह्रै मुस्किल पर्थ्यो !? स्मरणीय छ‚ त्यो वेला लुक्ला‚ फाक्दिङ‚ मोन्जु‚ जोरसल्ले कटेर गएपछि आफ्‌नो होटल‚ लज‚ गेस्ट हाउसमा वास बस्न आउने–वास माग्ने पर्यटकलाई पहिले नै उसको राष्ट्रियता सोध्ने गरिन्थ्यो । यो कुरोलाई कसैले ठाडै अस्वीकार गर्न सक्छ । तर म आफै (यो पंक्तिका लेखक) पनि धेरै लामो समयसम् ट्रेकिङ मजदुर (भरिया हुँदै टे्रकिङ गाईडसम्म) भएको हुनाले प्रत्यक्ष देखेको‚ भोगेको‚ अनुभव गरेको घटनाहरु हुन् । साथै मैले नेपालको पूर्वी क्षेत्रको कञ्चनजंघा हिमाल क्षेत्र‚ मकालु बरुण क्षेत्र‚ मेरा पिक‚ टाशीलाप्चा‚ अरुणभ्याली‚ सोलु क्षेत्रका दूध कुण्ड‚ पिके‚ रत्नाङ्गे‚ जुनवेशी‚ गोली गुम्बा र खुम्बु क्षेत्रका सगरमाथा आधार शिविर‚ कालापत्थर‚ गोक्यो री‚ रिन्जोला पास‚ खोङमाला पास‚ आईल्यान्ड पिक‚ आदिदेखि पश्चिमको मनाङ‚ थोरोङ पास‚ अप्पर मुस्ताङ‚ मनास्लु‚ कालीगण्डकी ट्रेक‚ अप्पर डोल्पा‚ कागमारा पास‚ मुगु‚ जुम्ला‚ हुम्लासम्मको भ्रमण‚ अनुभव र अनुभूतिहरु रहेका छन् । अब अन्त यो गन्थन–मन्थनलाई यही छाडौं ।  


हामीले निकुञ्ज पर्यटनका साथै शिकार पर्यटन‚ चराचुरुङ्गी अवलोकन‚ पर्वतारोहण‚ बन्जी जम्पिङ‚ प्याराग्लाइडिङ‚ जलयात्रा‚ पदयात्रा‚ चट्टान आरोहण‚ माउन्टेन फ्लाइट‚ माउन्टेन बाइकिङ‚ हाईकिङ‚ मेडिटेसन‚ हेल्थ टुरिज्म‚ साहसिक पर्यटन‚ h+un सफारी‚ क्यानोईङ‚ हट एयर बालुनिङ‚ साँस्कतिक पर्यटन‚ अध्ययन पर्यटन‚ स्वस्थ्य उपचार पर्यटन‚ सिटी टुर‚ योग र योगा‚ ध्यान‚ सामाजिक अध्ययन‚ नेपालमा बसोवास गर्ने विभिन्न जातजातिको धर्म‚ वेशभुषा‚ रहनसहन‚ संस्कार‚ संस्कृति‚ भाषा अध्ययन आदिको सम्वन्धमा अध्ययन गर्न आउने पर्यटन‚ वन्यजन्तु अवलोकन पर्यटन सफारी पर्यटन आदि इत्यादिको डटेर प्रवद्धर्न गर्नेतफर् लाग्नुपर्ने देखिन्छ ।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय