डान्सिङ स्टार्स नेपालको सेमी फाइनलमा रोजरिङ जोडी

हिमाली सन्देश , हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो डान्सिङ स्टार्स नेपालमा रोजरिंङ जोडीको रुपमा परिचित सरोज प्रजा र छिरिङ शेर्पा डान्सिङ् स्टार्स नेपाल सिजन -२ को सेमी फाइनलमा पुग्न सफल भएको छ।

सेमी फाइनलमा पुग्न आफ्नो प्रस्तुति दिने क्रममा अर्धाचेत हुन पुगेकी छिरिङ शेर्पाले डान्सिङ्ग स्टारको ताज लिनका लागि केहि कदमको दुरी पार गर्नु छ र यसको लागि आफु दिलो ज्यान दिएर आफ्नो प्रस्तुतीलाई अझ निखार्ने तयारीमा लाग्ने बन्दै दर्शक माजा भोट गरी फाइनलमा पुऱ्याउनु अनुरोध गरेकी छिन।

जज र दर्शकको मन जित्न सफल छिरिङ शेर्पा सुरुमा नाँच्दै गर्दा खुट्टामा समस्या आएपछि अस्पतालसम्म पुग्नुपरेको थियो । सुरु सुरुमा डान्स सिक्दा आफूलाई निकै गाह्रो भएको र डान्सिंग स्टार्समा किन आएँहोला भन्ने समेत सोचेको छिरिङ बताउँछिन् ।

प्रकाशित मिति ३० जेष्ठ २०७९, सोमबार १८:३१

सम्बन्धित समाचारहरु