गेल्छिरी शेर्पा काठमाडौं- मिस्टर एण्ड मिस टिन शेर्पा २०२२ (सिजन – ४) को लागी भोटीङ शुरु भएकाे छ । आफ्नाे मन पर्ने प्रतियोगीलाई “Facebook Choice Award” जिताऊन सामाजिक संजाल फेसबुक मार्फत मिस्टर एण्ड मिस टिन शेर्पाको अधिकारिक पेजमा पोस्ट भएको फोटोमा लाइक गरि भोट दिन सकिन्छ। भने Public Choice Award को लागि ग्लोबल अनलाइन पे मार्फत अनलाइन पेमेन्ट गरेर भोट गर्न सकिन्छ ।

गौतम बुद्ध फिल्मस् प्र.लि. को आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२२ को अडिसन काठमाडौंस्थित नेपाल शेर्पा संघको भवनमा सम्पन्न भएको थियाे ।अडिसनमा काठमाडौं सहित सिन्धुपाल्चोक ,सोलुखुम्बु ,संखुवासभा,भोजपुर, ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट २० जना भन्दा बढीले सहभागिता जनाएका छन ।

शेर्पा जातिको भाषा,धर्म,कला,संस्कृति,भेषभुषा तथा रितिरिवाजलाई संरक्षण,प्रबर्द्धनको साथै शेर्पा किशोर, किशोरीहरुमा भएको प्रतिभालाई उजागर गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिइन् । यसको फाइनल राउण्ड भने माघ अन्तिममा प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय