
सोलुखुम्बुमा चौँरीको गोठमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर –२ बेनीमा चौँरीको गोठमा आगलागी हुँदा ४ बर्षिय बालकको मृत्यु भएको हो ।
मंसिर २१ गते साँझ करिब ६ बजेको समयमा आमा डोल्मा शेर्पाले गोठमा आगो बालेर मापुङ घर गएको समयमा गोठमा आगलागी हुँदा ४ वर्षीय पासाङ शेर्पाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
आगलागीमा परेका बालक पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । करिब २ घण्टा पछि स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Source Solu fm