नेपालमा हाई एडभेन्चर ट्रेक चाहनेहरुका लागिः ‘ग्रेट हिमालय ट्रेल’

–निनाम लोवात्ती/-हुनत नेपालका प्रायः सबै टे«किङ रुटहरु उच्च र उच्च मध्यम खालका ‘एडभेन्चर’ रुट नै हुन् । जस्तो कि माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, कञ्चनजंघाको सेलेले पास, शेर्पेनी कोल, आमा लाप्चा पास, गोक्यो पास, टाशी लाप्चा पास, थोरोङ पास, नार–फु पास, गोसाईँकुण्ड पास, गाञ्जाला पास, गोक्यो री, नुमाला बगाला पास, शे पास आदि ।

यो लेखमा चाहिँ विशेष गरेर ‘ग्रेट हिमा टे«ल’को पनि नेपाल खण्डको बारेमा चर्चा गरिने छ । त्यसो त नेपाल खण्डको पनि ‘ग्रेट हिमालय ट्रेल’को रुटमा हालसम्म धेरै कम पदयात्रीले मात्रै ट्रेक गर्ने क्रममा पूरा यात्रा गरेका छन् । नेपालका धेरै कम तर, एकदमै उचाईको बाटो भएर (शेर्पेनी कोल ६,१४६ मिटर) पदयात्रा गरिने पदमार्ग ‘ग्रेट हिमालय टे«ल’ (जिएचटी) बारे सकेसम्म सबै पदयात्रीको पहँुचमा पुर्याउन सकियोस् भन्ने आशय यो लेखकको रहेको छ । खासमा त्यही भएर नै पनि यो पदयात्रा मार्गलाई ‘लोवर÷लोअर’ र ‘हाई÷हाईर’ अर्थात् तल्लो र माथिल्लो गरी दुई मार्गमा छुट्याईएको छ । जसले गर्दा ‘हाई÷हाईर’ पदयात्रा मार्ग भएर पदयात्रा गर्न नसकने पदयात्रीहरुले यो रुटको ‘लोवर÷लोअर’ पदयात्रा मार्ग भए भए पनि पदयात्रा गर्न सकून् । साथै समय अभावका कारण लामो यात्रा वा भनौं पूरा यात्रा गर्न नसक्ने वा नचाहने पदयात्रीहरुका लागि विभिन्न उपमार्ग (१० वटा) मा पनि विभाजन गरिएको छ । जसले गर्दा आप्mनो व्यस्त जीवनमा समय अभाव हुने तर, आप्mनो जीवनमा विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने दुर्लभ ‘ग्रेट हिमालय ट्रेल’को रुटमा ट्रेकिङ गरेर मज्जा लिन र फरक अनुभव, अनुभूति गर्न चाहने पदयात्रीहरुलाई लक्षित गरेर नै खण्ड–खण्ड र ‘लोवर’ तथा ‘हाई’ गरेर छुट्याईएको छ, ‘ग्रेट हिमालय टे«ेल’लाई । हुन पनि लगातार रुपमा पूरै रुटमा टे«ेक गर्ने हो भने, कम्तिमा १५० दिनसम्म लाग्छ । त्यसैले पदयात्रीहरुले पूर्वी भेग मात्रै, मध्य भेग मात्रै, पश्चिम भेग मात्रै पनि ट्र्रेक गर्न सकून् भनेरै खण्ड–खण्ड र छोटो–छोटो पदयात्रा मार्ग पनि बनाईएको हो ।

सुखद कुरो के भने, धेरै वर्षपछि यो वर्षको आर्थिक वर्ष (२०७९÷०८०) मा वर्तमान संयुक्त सरकारका अर्थमन्त्री जनार्दन शर्मा ज्युले माथि उल्लेखित ‘ग्रेट हिमालय टे«ेल’को विकास र विस्तारका लागि ३३ करोड बजेट छुट्याएको छ । १७ सय किलो मिटर लामो ‘ग्रेट हिमालय ट्रेल’को रुटमा टे«ेकिङ गर्न १५० दिनसम्म लाग्छ । अझ यो त नेपालभित्रको रुटमा मात्रै लाग्ने दिन र लम्बाई हो । पश्चिम अफगानिस्तान, पाकिस्तान, नेपाल, भुटान, चीनको तिब्बत प्रान्तको दक्षिण पूर्वी भाग र भारतको आसाम राज्यका सीमामा रहेको नाम्चा÷नाम्चे–बार्वासम्मै हिँडेरै टे«क गर्ने हो भने, त ४,५०० किलो मिटर लामो यात्रा तय गर्नुपर्ने हुन्छ । भविश्यमा यस्तो टे«किङ सञ्चालन गर्ने कार्यका लागि सम्बन्धित निकाय अथवा भनौं सरोकारवाला संघ–संस्था र व्यक्तिहरुले सोच बनाउँदै होलान नै । किनभने, यसो हुन सकेमा ग्रेट हिमालय टे«ल विश्वकै लामो पदयात्रा मार्ग, उच्च हिमाली भेगमा गरिने पदयात्रा मार्गका साथै धेरै वटा उच्च हिमाली पास गरेर गरिने (४,००० मिटरभन्दा धेरै उचाई काटेर गरिने) टे«किङ रुटका रुपमा पनि विश्वमा स्थापित हुने छ । त्यसैले ग्रेट हिमाल टे«ेल (जिएचटी) को सुरु विन्दु पश्चिम भागको अफगानिस्तान, पाकिस्तान मध्य भागको नेपाल, भुटान, चीनको तिब्बत प्रान्तको दक्षिण पूर्वी भाग र भारतको आसाम राज्यका सीमामा रहेको नाम्चा÷नाम्चे–बार्वासम्मै हिँडेर गरिने टे«ेकिङ रुटको रुपमा विकास गर्न सके धेरै राम्रो हुन्छ ।
हामीले यसो भनी रहँदा आजको जस्तो मेसिनभन्दा छिटो जीवन चलाउनुपर्ने जमानामा कसले पो एकैपटक त्यतिका धेरै दिन (लामो समय) निकाल्न सक्ला र ? किनभने, नेपाल खण्डको ग्रेट हिमाल टे«लको टे«क गर्नका लागि मात्रै लगभग तीन महिना समय चाहिन्छ । त्यो पनि ग्रेट हिमाल टे«ेलको हाई रुट मात्रै भएर टे«ेक गर्ने हो भने त टे«क गर्ने व्यक्तिले अप्रिल, मे, जुन, जुलाई, अगस्ट, सेप्टेम्बर महिना नै छुट्याउनुपर्ने हुन्छ । अन्यथा अत्यधिक चिसो मौसमका कारण हिऊँ पेरेर बाटा समेत ब्लक हुने हुनाले ‘ग्रेट हिमालय टे«ेल’को हाई रुटमा टे«क गर्न सकिने संभावना नै रहँदैन । अहिलेको व्यस्त समयमा कम्तिामा एक डेढ महिनादेखि छ, सात महिना लामो समय निकाल्न कसले सक्ला ? यो वास्तवमै व्यवहारिक प्रश्न हो । तर, कुनै पनि पदयात्रीले आप्mनो जीवनभरिमा पटकपटक गरेर ‘ग्रेट हिमालय टे«ेल’को खण्ड–खण्डमा छ–छ महिनामा वा वर्ष–वर्षमा अथवा डेढ–दुई वर्षमा एक–एक पटक टे«ेकिङ गरेर ‘ग्रेट हिमालय टे«ल’को भ्रमण गरेर मज्जा लिन सक्छन् । त्यसैले यो रुटमा ट्रेक गर्न चाहने पदयात्रीलाई सम्बन्धित देशका ‘ट्रेक अर्गनाइजर कम्पनी’ले सोहीअनुसारको प्याकेज बनाएर बेच्ने र प्रचार प्रसार गर्नुपर्ने देखिन्छ ।

त्यसै पनि हाम्रो देशमा विदेशी पर्यटकहरु भ्रमणमा आएका वेला उनीहरुका आँखाले प्रत्यक्ष देख्ने र मनले अनुभव, अनुभूत गर्ने धेरै चिजबिजहरु रहेका छन् । किनकि, हाम्रा पिता पूर्खाले उहिल्यै, जुगौंअघि बनाएका ऐतिहासिक किल्ला, दुर्ग, गढी–गौंडा, दरबार, पूराना गाउँ–वस्ती, पूराना सहर र, ती गाउँ–वस्ती र सहरमा निर्माण गरिएका मठ–मन्दिर, देवालय, देवी र देउताहरुको अनेकानेक मूर्तिहरु, पाटी, पौवा, धर्मशाला, देउराली, चौतारी, गुम्बा, माने, छोर्तेन, मस्जिद, गिर्जाघर लगायत प्राचीन वस्तु तथा सम्पदाहरु प्रशस्तै रहेका छन् । जुन चिजबिज, वस्तु रसम्पदाहरु नेपालमा छन्, ती चिजबिच वस्तु र सम्पदाहर नेपाल बाहेक अन्य देशहरुमा नहुन सक्छ । त्यस्तै अर्को भनेको हाम्रो देश नेपालमा प्रकृतिले नै दिएको प्रकृति प्रदत्त छटा, छहरा, छाँगा, झरना, हिमाल, पहाड, ताल, तलैया, पोखरी, दह, डाँडा–काँडा, उच्च ढिस्को, वन–जंगल, खहरे, खोल्सो, खोला–नाला, नदी, खोँच, गल्छी, भीर, पहरा, ओढार, ओढार, जुरे डाँडा आदि पनि रहेका छन् । माथि उल्लेखित चिजबिजहरु बाहेक नेपालमा बसोबास गर्ने १२५ जातजाति, १२३ भाषाभाषी र १० धार्मिक समूह (विसं २०६८ को ११ औं राष्ट्रिय जनगणना अनुसार) पनि नेपालका लागि अमूल्य निधि हुन् ।

त्यसै पनि हाम्रो देशमा विदेशी पर्यटकहरु भ्रमणमा आएका वेला उनीहरुका आँखाले प्रत्यक्ष देख्ने र मनले अनुभव, अनुभूत गर्ने धेरै चिजबिजहरु रहेका छन् । किनकि, हाम्रा पिता पूर्खाले उहिल्यै, जुगौंअघि बनाएका ऐतिहासिक किल्ला, दुर्ग, गढी–गौंडा, दरबार, पूराना गाउँ–वस्ती, पूराना सहर र, ती गाउँ–वस्ती र सहरमा निर्माण गरिएका मठ–मन्दिर, देवालय, देवी र देउताहरुको अनेकानेक मूर्तिहरु, पाटी, पौवा, धर्मशाला, देउराली, चौतारी, गुम्बा, माने, छोर्तेन, मस्जिद, गिर्जाघर लगायत प्राचीन वस्तु तथा सम्पदाहरु प्रशस्तै रहेका छन् । जुन चिजबिज, वस्तु रसम्पदाहरु नेपालमा छन्, ती चिजबिच वस्तु र सम्पदाहर नेपाल बाहेक अन्य देशहरुमा नहुन सक्छ ।

प्रकाशित मिति ११ कार्तिक २०७९, शुक्रबार १८:३६

सम्बन्धित समाचारहरु