दक्षिण कोरियामा ग्याल्पो ल्होसार कार्यक्रम बव्यताको साथ मनाउने

२० मंसिर, शेर्पा संघ दक्षिण कोरियाले आफ्नो मौलिक पहिचान, भाषा, सँस्कृति तथा परम्परालाई जगेर्न गर्न विगतको वर्षहरुमा जस्तै यस वर्ष पनि दक्षिण कोरियामा रहेको शेर्पाहरु बिच सामुहिक रुपमा ल्होसार मनाउन तयारी तीव्र पारेको छ ।

दक्षिण कोरियामा नेपालीहरुको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै छुङराे सामगा स्थित एक हलमा २२ जनवरी २०२३ बेलुका बैदेशिक रोजगार तथा अन्य कारणले कोरिया बस्दै आइरहेको शेर्पा तथा नेपालीहरु जम्मा भइ तक् ल्हो बाघ वर्षलाई बिधाई गरी छ‌यु यो ह्ये ल्हो बिरालो वर्षलाई स्वगत गर्दै शुभकामना आदानप्रदान, साँस्कृतिक कार्यक्रम सहितको रात्री भोज आयोजना गरी ल्होसर मनाउन लगेको सस्थाको अध्यक्ष थुतुङ गेल्जी शेर्पाले हिमाली सन्देशलाई जनकारी दिए ।

हिमाली भोटचन्द्र पात्रो अनुसार ग्याल्पो ल्होसारको तिथि फरक परे पनि दक्षिण कोरियकोे प्रमुख चाड सलनालको अवसरमा हुने लामो विदालाई सधुपयोग गर्दै कोरिया भरिको शेर्पा तथा नेपालीहरु एक ठाउँ जम्मा भई समुहिक चाड मनाउन केहि समय परिवर्तन गरिेएको सचिब आङ पसी शेर्पाले बताए ।

बर्सेनि १२ लो (बाँदर, चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, खरायो , ड्र्यागन, सर्प, घोडा, भेडा) वर्ष परिवर्तन भएर नयाँ वर्षको सुरुवात हुन्छ । तिथि परिवर्तन भई १२ महिना सकिएर नयाँ वर्ष लागेसँगै ग्याल्पो लोसार मनाइने गरिन्छ । ल्होसारमा छेमार र छेयाङफुद सजाउने गर्छन् । नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना (गुथुक), खप्स र फलफूल खाएर शुभकामना साटासाट गरी विश्वभर एकै समय लोसार मनाउने गरिन्छ ।

प्रकाशित मिति २० मंसिर २०७९, मंगलवार १७:२१

सम्बन्धित समाचारहरु