हड्डी बलियो बनाउने खानेकुरा

हड्डी मानिसको शारीरिक संरचना तथा आकार निर्माण साथै शरीरलाई सन्तुलित गर्ने आधार हो । यसको खराबीबाट विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्छ। हड्डी बलियो बनाउन शारीरिक व्यायामसँगै विशेषगरी खानेकुरामा ध्यान दिनुपर्छ ।

ओखर
ओखरको भित्री बनावट मस्तिष्कको जस्तै हुन्छ । यसले विशेषगरी मस्तिष्कलाई नै फाइदा गराउने विज्ञहरूको भनाइ रहेको छ । यसमा प्रोटिन, क्याल्सियम, फस्फोरस तथा भिटामिन पाउने भएकाले यसको सेवन हड्डीको मजबुतीका लागि उत्तम हुन्छ ।

बदाम
बदाममा प्रोटिन, भिटामिन ई, ओमेगा थ्री, फाइबर तथा एन्टी–अक्सिडेन्ट प्रशस्त मात्र पाइन्छ । यसका साथै यसमा फस्फोरस एवम् क्याल्सियम पाइन्छ । क्याल्सियम हड्डीका लागि लाभदायक हुन्छ ।

सालमोन
सालमोन माछा स्वास्थ्यको लागि निकै फाइदाजनक रहेको अध्ययनले देखाएको छ । यसमा हेल्दी फ्याट, ओमेगा–थ्री, भिटामिन डीलगायत पौष्टिक तत्व पाइन्छ । यसले हड्डीलाई बलियो र स्वस्थ राख्न मद्दत गर्छ ।

दूध
दूधमा क्याल्सियमको मात्रा पाइन्छ । यसले हड्डीलाई बलियो बनाउँछ । त्यसैले दूधको नियमित सेवनले हड्डी मात्र नभएर समग्र स्वास्थ्यमा निकै फाइदा गर्छ ।

अण्डा
हड्डीमा प्रोटिनको कमी हुँदा यसको विकासमा बाधा पर्छ । अण्डामा भरपुर मात्रामा प्रोटिन हुने भएकाले हड्डीको विकासमा यसले महत्वपूर्ण सघाउ पुर्‍याउँछ । अण्डामा प्रोटिन मात्र नभएर अन्य पोषण तत्व पाइन्छ । अण्डा उमालेर वा अमलेट बनाएर पनि खान सकिन्छ ।

पनीर
पनीर हड्डीका लागि लाभदायक हुन्छ । यसमा क्याल्सियम र फस्फोरस पाइन्छ । यसको नियमित सेवनबाट हड्डीलाई मजबुत बनाउन मद्दत पुग्छ ।

भटमास
भटमास पोषण तत्वको भण्डार हो । यसमा क्याल्सियम, फाइबर, भिटामिन ई, प्रोटिनलगायतका पोषण तत्व पाइन्छ । यसले हड्डीको विकासमा मद्दत पुग्नुका साथै यसलाई मजबुत गराउँछ ।

प्रकाशित मिति ७ भाद्र २०७८, सोमबार ०७:१८

सम्बन्धित समाचारहरु