सोलुखुम्बुमा कैलाश एअरको उडिरहेको हेलिकप्टरबाट सामान खसेको छ । आज मङ्गलबार दिउँसो सोलुदूधकुण्ड नगरपालिका–१ देकुमा कैलाश एअरको हेलिकप्टरमा झुन्डाएर लगेको प्लाइउड खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुदूधकुण्ड–१ टाक्सिन्दु हेलिप्याडबाट खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेका लागि कार्गो सामान लिएर उडेको हेलिकप्टरबाट जङ्गलमा सामान खसेको हो । हेलिकप्टरबाट खसेको प्लाइउड झन्डै छ सय ५० किलो बराबरको रहेको टाक्सिन्दुका वडाध्यक्ष छोङ्बा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सामान खसेको ठाउँ बस्तीबाट झन्डै दुई किलोमिटर टाढा रहेको छ । जङ्गलमा खसेका कारण मानवीय क्षति हुन नपाएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

हेलिकप्टर कम्पनीहरूको लापर्बाहीका कारण बस्तीमा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय