
जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रवास समिति नेपाली समाज,जापान ले नेपाली राजदूतावास टोकियो जापानमा अवैध हुण्डी कारोबार ,राहदानी नवीकरणमा देखिएको जटिलता लगायत ५ बुँदे ध्यानाकर्षण पत्र समाधानको सुझाव सहित बुझाएको छ।
राहदानी नवीकरण जटिलता, राजदूतावास कार्यालयको टेलिफोन सेवा कठिनाइ,कानुनी रुपमा अवैध हुण्डी कारोबारलाई रोक्ने,नेपाली राहदानी परित्याग गरी जापानिज राहदानी परिवर्तन गर्ने संख्या न्यूनीकरण गराउने र आत्मा हत्याको रोकथाम र त्यसको उपाय सम्बन्धमा नेपाली समाज जापानको तर्फबाट नेपाली राजदूतावासको ध्यानाकर्षण गराएको अध्यक्ष शिशिर निङ्लेकु लिम्बु थक्साङले जानकारी दिनुभयो।
पछिल्लो समय नेपाली राजदूतावास टोकियोबारे जनताको गुनासो धेरै आएको हुँदा राजदूतावासलाई ध्यानाकर्षण गर्न परेको इन्चार्ज संजिव राईले बताउनु भयो। त्यसैगरी नेपाली समाज जापानको सल्लाहकार तथा जसपा को कास्की जिल्ला को पूर्व अध्यक्ष समेत रहनु भएका गिरि प्रसाद गुरुङ ले जापानमा नेपाली संख्या बढे सँगै विभिन्न खाले समस्याहरु र चुनौतीहरु पनि देखिन थालेको हुँदा त्यस विषयहरु कसरी समाधान गर्न सकिन्छ भन्ने बारे महामहिम सँगै सर सल्लाह गर्न र नेपाली समाज जापान को राय सुझावहरु सहित ध्यानाकर्षण गराएको वताउनु भयो।
ध्यानाकर्षण को साथै नेपाली समाज जापानले प्रस्तुत समस्याहरुको समाधान समेत राजदूतावास टोकियो लाई सुझावको रुपमा पेस गरेको छ।
राहदानी नवीकरणको सेवा आम सर्वसाधारण जनताले सहज रुपमा इन्टरनेटबाट बुक गर्न पाउनु पर्ने व्यवस्था मिलाइनु पर्ने, राजदूतावास र सेवा ग्राहीहरूको बिचमा देखिएका राहदानी नवीकरण गर्न लाई समय लिई दिने विभिन्न संघ संस्था बिचौलियाहरू लाई खारेज गर्नु पर्ने, राजदूतावास को टेलिफोन कार्यालय समयअवधिमा सहज उपलब्ध हुनु पर्ने अथवा सेवाग्राहीको टेलिफोन उठाई दिनु पर्ने, कानुनतः अवैध हुण्डी कारोबार लाई रोक्नु पर्ने, नेपाल प्रतिको मायाँ र राष्ट्रियता
जोगाइ नेपाली नागरिकता परित्याग संख्या न्यूनीकरण गर्नु पर्ने र जापानमा बढ्दो आत्मा हत्या लाई रोकथाम गराउन आम मानिस विशेष गरी विद्यार्थी भाइ बहिनीहरूलाई अभिभावकत्व प्रदान गर्नु पर्ने सुझावहरु पेस गरेको छ।
५ बुँदे ध्यानाकर्षणको पत्र पुर्ण पाठ तल हेर्नुहोस ।