प्रवास विषेश प्रादेशिक समितिको सुज अभियान भर्चुअल मार्फत सेप्टेम्बर १२मा हुँदै

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका प्रवास प्रादेशिक भातृ संगठन प्रवास विशेष प्रादेशिक समितिको संगठन सुदृढीकरण जागरण सुज अभियान अभिमुखीकरण कार्यक्रम यहि सेप्टेम्बर १२ तारीख आइतबारको दिन भर्चुअल माध्यमबाट हुने भएको छ ।

प्रवास विशेष प्रादेशिक समितिको आयोजनामा प्रवास प्रशिक्षण विभागको सहजीकरणमा हुने उक्त कार्यक्रम भर्चुअल मार्फत विश्वका २१ भन्दा बढी प्रवास भातृसंगठन नेपाली समाज (नेसो)को उपस्थिति हुने भएको हो ।

संघीयता, सुशासन, समृद्धि र समाजवाद मुल नारालाई लिँदै आएको जनता समाजवादी पार्टी नेपालले देश भित्र र बाहिर गरि यो चार महिनाको अवधिमा संगठन सुदृढीकरण तथा जागरण अभियान अभिमुखिकरण कार्यक्रम संचालन गर्दै आएको छ ।

जनता समाजवादी पार्टी नेपालले संचालन गर्दै आएको संगठन सुदृढीकरण तथा जागरण अभियानमा प्रवास संगठनबाट प्रवास विशेष प्रादेशिक समितिको आयोजना पछि नेपाली समाज (नेसो) रहेका देशहरुबाट पनि भर्चुअल माध्यमबाट नै संगठन सुदृढीकरण तथा जागरण अभियान कार्यक्रम संचालन गर्ने प्रवास विशेष प्रादेशिक समितिका अध्यक्ष धन गुरुङले बताए ।

सेप्टेम्बर १२ तारीख आइतबारको दिन नेपाली समय अनुसार दिनको ३ बजे सुरु हुने कार्यक्रममा जनता समाजवादी पार्टी केन्द्रिय अध्यक्ष तथा प्रतिनिधि सदस्य उपेन्द्र यादव, संघीय अध्यक्ष तथा प्रतिनिधि सदस्य डा. बाबुराम भट्टराई, बरिस्ठ नेता अशोक राई,कार्यकारिणी सदस्य तथा प्रतिनिधि सदस्य राजेन्द्रप्रसाद श्रेष्ठको साथमा प्रवास इन्चार्ज आङ्ग काजी शेर्पा(किसान) लगायतको वक्ताको उपस्थिति रहने प्रवास प्रशिक्षण संयोजक डेर राज गुरुङले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २३ भाद्र २०७८, बुधबार १७:५६

सम्बन्धित समाचारहरु