ओखलढुंगा खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्धको रिट खारेज भएको छ ।

उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाले शेर्पा विरुद्धको रिट खारेज गरेको हो । न्यायधीशद्धय लेखनाथ पौडेल र शकुन्तला घिमिरेको संयूक्त इजालसले शेर्पाको उम्मेदवारी विधिवत रहेको ठहर गर्दै रिट खारेज गरेको रजिष्टार संजिव पोखरेलले जानकारी दिनुभयो । अध्यक्ष शेर्पा विरुद्ध प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र वस्नेतले विदेशी नागरिकता वाहक भएकै अवस्थामा निर्वाचनमा भाग लिएको भन्दै आफूलाई गाउँपालिका अध्यक्ष घोषित गरि पाउँ भनि उच्च अदालतमा रिट दर्ता गरेको थियो ।

अध्यक्ष शेर्पाले कानून संवत नै निर्वाचनमा भाग लिएको र अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त गरेको देखिएकाले बस्नेतको रिट खारेज गरेको जनाइएको छ । आदेशको पूर्ण पाठ आउन बाँकी छ ।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय