
शेर्पा संघ दोहा कतारले २०२५ फेब्रुअरी २१ तारिखका दिन महायानी बौद्ध धर्मावलम्वीहरूको नयाँ वर्ष २१५२ औं स्यिङ मो डुल लो ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५ मनाउने भएको छ ।
सन् २०१७ फेब्रुअरी १० तारिख कतारमा स्थापना गरिएको यस संस्थाले हरेक वर्ष मनाउँदै आइरहेको लोसार यस वर्ष पनि “सम्पूर्ण शेर्पा जातिको एउटै चाहना अधिकार र पहिचान सहितको शेर्पा स्वायत्त प्रदेशको स्थापना” भन्ने मूल नाराका साथ स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिका साथै विभिन्न शेर्पाको मौलिक झाँकी प्रदर्शन, शुभकामना आदानप्रदान तथा अन्य विविध कार्यक्रम सहित ग्याल्पो लोसार बब्य्ताको साथ मनाउन लागेको संस्थाको महिला उपाध्यक्ष ल्हेमी शेर्पाले हिमाली सन्देशलाई जानकारी दिनु भयो ।
२१ फेब्रुअरी २०२५ शुक्रबार दोहा स्थित फूलबारी रेस्टुरेन्ट सनैयामा ११ बजे देखि सुरुहुने कार्यक्रमका लागि शेर्पा संघ दोहा कतारले कतारमा क्रियाशील विभिन्न संघ संस्थाका प्रमुख ज्युहरु, पत्रकारज्युहरू, साथै समाजसेवी व्यक्तित्व ज्युहरु लगायत कतारमा रहनु भएका सम्पूर्ण शेर्पा तथा गैर शेर्पा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितको लागी अनुरोध समेत गरेको छ।