गेल्छिरी शेर्पा / सोल – दक्षिण कोरियाको राजधानी सोलमा दक्षिण कोरियाको बौद्ध संस्था जोगेजोङ द्वारा  २५६९ औं बुद्ध जयन्ती तथा लोटस ल्यान्टर्न फेस्टिभल विश्व शान्ति र्‍याली ) अप्रिल २६ २०२५ मा आयोजना हुने भएको छ ।

नेपाल बौद्ध परिवार दक्षिण कोरियाको संयोजनमा नेपालको प्रतिनिधित्व हुनेगरि नेपाली समुदायको सहभागिता हदै आइरहेको उक्त र्‍यालीमा विगतको वर्ष भन्दा धेरै जनशक्तिको सहभागिता गराउने र  विश्व सामु Buddha Was Born in Nepal भनेर चिनाउने उद्देश्य रहेकोले कोरियामा रहेको सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो जातीय पोशाक तथा विभिन्न सांस्कृतिक झाँकीहरू सहित भव्य रूपमा सहभागिता जनाइ सहयोग गरिदिनु हुन नेपाल बौद्ध परिवारका अध्यक्ष थुतुङ गेल्जि शेर्पाले हार्दिक अनुरोध गरेको छ । 

सोलमा  कोरियाभरिको बौद्ध दर्शनसँग सम्बन्धित सङ्घसंस्था, नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्यान्ड, म्यानमारलगायत देशहरू बाट बर्सेनि ५ लाखभन्दा बढी मानिसहरू सहभागी हुने भएकाले यस महोत्सवलाई कोरियामा धार्मिक र संस्कृतिका रूपमा बढी महत्त्वपूर्ण मानिन्छ । 

कोरियाली बुद्धजयन्तीलाई यहाँ ‘बुछनिम ओसिननाल’ भनिन्छ । यस दिन बुद्ध पृथ्वीमा आएको विश्वास गरिन्छ  भने कोरियामा सार्वजनिक बिदा दिनुको साथै कोरियाको गुम्बा चैत्यहरूमा पूजा गरिन्छ । 

तपसिल:-
मिति:- २०२५ अप्रिल २६ तारिख शनिबार ।
समय:- बेलुका ठिक ४ pm बजे।
स्थान:- DongGuk University,३० pildong ro १ gil,jung-gu seoul (Grand playground,gate no ६,Train Line No-३)
पाेशाक :- नेपाली जातीय / कला / संस्कृति झल्कने तथा नेपाली राष्ट्रिय पोशाक
-नेपाल बौद्ध परिवार नागार्जुन गुम्बा जिहेङ दक्षिण कोरिया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय