युनेस्कोको धार्मिक तथा सांस्कृतिक सम्पदामा सूचीकृत दक्षिण कोरियाको लोटस् लान्ट्रन फेस्टिवल (Lotus Lantern Festival) कोरियन बौद्ध धार्मिक संस्था, धर्मलम्बीको आयोजना र बिदेशी धार्मिक संस्थाहरूको सहभागितामा २५६८ औं बुद्धजयन्ती विशेष विश्व शान्ति र्याली २०२४ मे ११ मा हुदैछ ।

उक्त कार्यक्रममा नेपाल बौद्ध परिवार दक्षिण कोरियाको संयोजनमा नेपालको प्रतिनिधित्व हुनेगरि नेपाली समुदायको सहभागिता हुदैं आइरहेको छ । अगामी कार्यक्रममा नेपालीको बृहत सहभागिताका लागि सुसूचितसगैं अनुरोध गरेको नेपाल बौद्ध परिवारका महासचिब दावा रिन्जीन लामाले जानकारी दिए ।

विश्व शान्ति र्यालीमा नेपालको बुद्ध प्रतिमा, मायादेवी मन्दिर, नेपाली संगीत र राष्ट्रिय पोषकमा सजिएर ‘बुद्द वाज ब्रोन ईन नेपाल’ सन्देश लिई नेपालको उपस्थितीले विशेष महत्व झल्काउदैं आईरहेको छ ।

उक्त फेस्टिवलमा प्रत्येक वर्ष लाखौं लाख सङ्ख्याको जनसहभागितामा सम्पन्न हुने गर्दछ ।
-फोनिज कोरिया संवादाता

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय