कोरियामा “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” मनाइने

कोरियामा बर्षेनी मनाउदै आइरहेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम ” आउँदो जनवरी २२ मा मनाइने भएकाे छ । नेपाल मगर संघ गणतन्त्र कोरियाले आफ्नो शाखाहरु बुसान/किम्हे शाखा र थेगु शाखा DSME मगर समाज गजेदोसँगको संयुक्त आयोजनामा सउलस्थित (성동 차차차 스텐드 빠 나이트 서울 특별시 중구 흥인동 15 번지) मा सो कार्यक्रम मनाउने भएकाे हाे ।

स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित नेपालबाट आमन्त्रित कलाकार सीता थापा मगरको प्रस्तुतिले कार्यक्रम भव्य हुने आयोजकले जनाएको छ । कोरोना कहरकाे कारण करिव तीन वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न असमर्थ रहेको र अहिलेको जनजीवन सामान्य रहेकोले यसपटकको प्रत्यक्ष कार्यक्रम थप ब्यापक र उत्साहजनक हुने विश्वास नेपाल मगर संघ गणतन्त्र कोरियाका केन्द्रीय अध्यक्ष टेक पुन मगरले व्यक्त गरे ।

कोरियामा रहेका मगर समुदायलाई एकताको सुत्रमा बाँध्दै आफ्नो जातीय भेषभूषा, कला, संस्कृति र अस्तित्व संरक्षणमा टेवा पुर्याउँदै विभिन्न संघसंस्था र संगठनहरुसँग समन्वय र सहकार्य गर्दै आइरहेको नेपाल मगर संघ कोरियाद्धारा आयोजित “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” लाई सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुमा आयोजक संस्थाले उपस्थितिको लागि अनुरोध गरेको छ ।
-Fonij Korea

प्रकाशित मिति १० पुष २०७९, आईतवार ०८:५२

सम्बन्धित समाचारहरु