काठमाडौं । नेपाल शेर्पा संघ महाकुलुङ गाउँपालिका कार्यसमितिको दोस्रो गाउँपालिका अधिवेशन काठमाडौंको नारायणटारमा हुने भएको छ ।

फागुन १९ गते शनिबार सोलुखुम्बु जिल्ला प्रदेश सभा क का माननीय गोम्बु शेर्पा कर्ज्याङको प्रमुख आतिथ्यतामा नेपाल शेर्पा संघको केन्द्रीय कार्यालय सभाहल नारायणटारमा अधिबेशन हुने भएको कार्यक्रम संयोजक तेम्बा शेर्पाले जानकारी दिए ।

अधिवेशनलाई पालिकामै गर्ने निर्णय भए पनि कार्यासमितिहरु र गाउँबासीहरु प्राय काठमाडौंमा रहेको हुनाले दोस्रो अधिवेशनलाई काठमाडौंमा नै सम्पन्न गर्ने निर्णय भएको हो । उक्त कार्यक्रममा शेर्पा संघ महाकुलुङको जग्गा खरिदको निम्ति सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई सम्मान समेत गरिनेछ ।

महाकुलुङ गाउँपालिका शेर्पा समुदायको भाषा, धर्म, सस्कृति, सम्पदा, भेषभुषा संरक्षण र सम्बर्द्धन गर्दै शेपां समुदायको हकहितको लागि सामाजिक सस्थाको रुपमा काम गर्न नेपाल शेर्पा संघ महाकुलुङ गाउंपालिका कार्यसमिति गठन भएको अध्यक्ष लाक्पा ओङ्दी शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय