जापानको फुकुओकामा नेपाली विद्यार्थीको हत्या, हत्याको आरोपमा दुई नेपाली पनि पक्राउ

टोकियो, जापानको फुकुओकामा नेपाली विद्यार्थीको हत्या भएको छ ।

विद्यार्थी भिषामा अध्ययनका लागि तिन बर्ष अधि जापानको फुकुओकामा जापानिज भाषा विद्यार्थीका रुपमा आएका नेपाल गोर्खा घर भएका बर्सिला थरका नेपाली विद्यार्थीको हत्याको भएको हो ।

नेपाली राजदूतबास टोकियोले दिएको जानकारी अनुसार फुकुओकामा एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यू भएको भन्दै जापान प्रहरीले थप अनुसन्धनका लागि समय लाग्ने जानकारी दिएको बताएको छ ।

हत्याको आरोपमा थप दुई जना नेपाली यूवालाई पनि जापान प्रहरीले पक्राउ गरेको समाचार प्राप्त भएको छ ।पक्राउ पर्नेमा सगै कोठामा बस्ने ढकाल थरका नेपाली युवा अर्का मगर थरका युवालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विहिबार तिन जना साथिहरुसगै बसि सगै रात विताएका थिए । मध्यरातमा झगडा पस्चात हातपात भएको हुन सक्ने बताईएको छ ।

पोष्टमार्टम पछि मृत्यूको कारण स्पष्ट हुने बताउदै धटनाको जानकारी नेपालमा रहेको परिवारलाई जानकारी गराईको मृतक बर्सिला अध्ययन गर्ने विद्यालयले जानकारी दिएको छ ।

-निष्पक्ष न्युज

प्रकाशित मिति २५ पुष २०७८, आईतवार १७:१५

सम्बन्धित समाचारहरु