सोलुखुम्बु । नेचासल्यान गाउँपालिका वडा नम्बर २ देउपुछेमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ ।

आज मङ्गलवार दिउँसो १२ः४५ बजेको समयमा देउपुछेका शक्ति राई र मकर राईको घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार नेचासल्यान गाउँपालिका–२ स्थित गाई खर्क सामुदायिक वन र वन नजिकै रहेको खर बारीबाट लागेको आगो सल्किएर आगलागी भएका हो ।

आगलागी भएको खबर प्रहरीलाई प्राप्त भएपछि अस्थायी प्रहरी चौकी सल्यानबाट प्रहरी टोली तथा स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।

आगलागीबाट शक्ति राईको टिनको छानो, ढुगां माटो र काठले बनेको २ तल्ले घरमा तथा मकर राईको टिनको छानो, ढुगां माटो र काठले बनेको १ तले घरमा आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय