गेल्छिरी शेर्पा द.कोरिया “विश्वका आदिवासी जनजाती एक हौं” भन्ने मुल नाराका साथ नेफिन जापान र नेफिन कोरियाले संयुक्त रूपमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम मनाउने भएको छ।

आगामी महिनाको अगस्ट ८ तारिख आइतबारका दिन जुम भर्चुअल अनलाइन मार्फत द.कोरियाको लागि नेपाली दूतावास कोरियाको क. महामहिम राजदुत राम सिंग थापाको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथि नेफिन केन्द्रिय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख गोबिन्द छन्त्याल, बक्ताहरूमा बलकृष्ण मबुहाङ, प्रो ओका मोतो टोक्यो विश्वविद्यलय लगायतकाबाट सम्बोधन तथा शुभकामना सहित मनाउन गईरहेको नेफिन दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पाले हिमाली सन्देशलाई जानकारी दिनु भएको छ ।

जापान, कोरियाको स्थानीय समय साझा ५:०० र नेपाली समय दिउसो १ :४ ५ सुरु हुने कार्यक्रम अनलाइन भर्चुअल कार्यक्रममा गरिमामय उपस्थितिको लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोधका साथ सादर निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय