पेम्बा गेलु शेर्पा/ २९ मे २०२५ ।

– पोर्चुगलको लिस्बनमा अवस्थित नेपाली राजदूतावासले आगामी सोमबार, २ जून २०२५ देखि राहदानी (E-Passport) सेवा सुरु गर्ने जनाएको छ।
राजदूतावासले विद्युतीय राहदानी, राहदानी हराएको, मिति सकेर वा अन्य कारणले राहदानी बदल्नुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई सेवा दिने जनाएको छ। राहदानी सेवा लिन चाहने नागरिकहरूले अनिवार्य रूपमा अनलाइन आवेदन गर्नुपर्नेछ। अनलाइन आवेदनका लागि राजदूतावासको वेबसाइट www.nepalembassy.gov.np मा गई फाराम भरी, आवश्यक कागजातसहित समय तोकेर अपोइन्टमेन्ट लिनुपर्नेछ।
राहदानी आवेदनका लागि आवश्यक कागजातहरुः
१. राहदानी फारामको प्रिन्ट २ प्रति

२. सक्कल नेपाली राहदानी र राहदानी हराएको खण्डमा हराएको प्रतिवेदनको प्रतिलिपि १ प्रति

३. सक्कल नेपाली नागरिकता प्रमाणपत्र र नागरिकता हराएको खण्डमा सोको रङ्गिन प्रतिलिपि
राहदानी सेवासम्बन्धी विस्तृत जानकारी, प्रक्रिया तथा आवश्यक कागजातहरूबारे थप जानकारीका लागि राजदूतावासको वेवपेज https://pt.nepalembassy.gov.np/pages/passport-service-4/ मा पुग्न अनुरोध गरिएको छ।
हालका लागि राहदानी आवेदनका लागि २ जूनदेखि १२ जूनसम्मको अपोइन्टमेन्ट मात्र खोलिएको र आवश्यकता अनुसार थप मितिहरू खुला गरिने राजदूतावासले स्पष्ट पारेको छ। अति आवश्यक अवस्थामा बाहेक अन्य आवेदकहरूलाई हतार नगरी प्रतीक्षा गर्न पनि राजदूतावासले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय