सोलुखुम्बु । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै गर्दा सोलुखुम्बु जिल्लामा पनि सभापतिका आकांक्षीहरु चहलपहल र भेटघाटमा व्यस्त भएका छन् ।
सोलुखुम्बुमा जिल्ला सभापतिको आकांक्षी मात्रै ९ जना पुगेको छन् । जिल्ला सभापतिको आकांक्षीमा विनोदकुमार बस्नेत, संविधान सभाका सदस्य गोकर्ण राई, प्रकाशसिंह कार्की, रामबहादुर बस्नेत, भोजराज कार्की, सूर्य कुलुङ, खिलराज बस्नेत, अशोक झा र आङछिरिङ शेर्पा रहेका छन् ।

त्यसैगरी जिल्लाको ८ वटा स्थानीय तहमा पनि सभापतिको आकांक्षीहरुले भेटघाटलाई तिब्रता दिएका छन् । नेचासल्यान गाउँपालिकामा सभापतिका आकांक्षीहरुमा निरकुमार शर्मा, भेषकुमार बास्तोला, निरकुमार शर्मा, हेमराज भट्टराई र लिला फुयल रहेका छन् ।

थुलुङ दुधकोशी गाउँपालिकामा महेन्द्रदीप राई, नवीन थापा, बलबहादुर बस्नेत, फुर्तिमान तामाङ, धनराज सुनुवार र रोसनबाबु थुलुङ सभापतिका आकांक्षी देखिएका छन् ।

त्यस्तै सोताङ गाउँपालिकामा गणेष बस्नेत, गोकर्ण बस्नेत, लिलाराज बस्नेत, कृष्ण कार्की, दिपक राई र जंग गरूङ सभापतिको आकांक्षी रहेका छन् ।

महाकुलुङ गाउँपालिकामा सुवास कुलुङ विक्रान्त कुलुङ र विद्याराज कुलुङ सभापतिको आकांक्षी छन् ।

माप्य दुधकोशी गाउँपालिकामा कर्णबहादुर कार्की, नवीन कार्की, दिनेश राई, सगुजित राई, चन्द्र राई, ढालबहादुर मगर र भैबहादुर राई सभापतिको आकांक्षी देखिएका छन् ।

जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डमा दावागेलु पाख्रिन (राजु), मिङमार शेर्पा र सोनामग्याल्जेन शेर्पा र फूदोर्जी शेर्पा सभापतिको आकांक्षीको रुपमा अगाडि बढेका छन् ।

खुम्बुपासाङल्हामु गाउँपालिकामा पेम्बाछिरी शेर्पा, फूनुरू शेर्पा, रामकृष्ण मगर र पासाङ शेर्पा सभापतिको आकांक्षी देखिएका छन् ।

लिखुपिके गाउँपालिकामा सुवर्ण बस्नेत, केदार बस्नेत, ज्ञानेन्द्रजंग बस्नेत, सुरज बस्नेत, मणिराज बस्नेत, ङाल्हाक्पा शेर्पा, मिना कार्की र सुभराम बस्नेत सभापतिको आकांक्षी देखिएका छन् ।

त्यसैगरी सोलुखुम्बु जिल्लाका दुई वटा प्रदेश निर्वाचन क्षेत्र छ । प्रदेश सभापति ‘क’ मा धनजन राई, कुशराज राई, सरला नाछिरिङ, गणेश बस्नेत र नातीकाजी गुरूङ आकांक्षी देखिएका छन् ।

त्यसैगरी प्रदेश सभापति ‘ख’ मा प्रेम थापा मगर, कर्मा शेर्पा र मनोज खड्का आकांक्षी रहेका छन् ।

सगरमाथा अनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय