कांग्रेसको जिल्ला सभापतिका उम्मेदवारको म्यासेज काण्ड, शेर्पा बोले, बस्नेत मौन

सोलुखुम्बु – नेपाली कांग्रेसको जिल्ला नेतृत्व चयनका लागि भएको निर्वाचनबाट खसेको मतको ५० प्रतिशत मत कुनै पनि उम्मेदवारले नल्याएपछि पुनः हुने निर्वाचनमा सभापति हत्याउन लागि परेका छन् । निर्वतमान सभापति विनोद बस्नेत र सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा पक्षका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा लागेका छन् ।

मंसिर १४ मा हुने पुनःनिर्वाचनमा नेतृत्व हत्याउन लागेका दुवै पक्षको एक अर्कालाई सिध्याउने मनसायले म्यासेन्जर कुराकानी बाहिरिएको छ । आज विहानै म्यासेन्जर कुराकानीको स्क्रिन सर्ट सामाजिक सञ्जालमा बाहिरियो । विनोद बस्नेत नामको फेसबुक एकाउण्टबाट लेखिएको म्यासेजमा ‘जनजातिलाई सकेसम्म प्रतिनिधि नबनाउनु, अन्तिममा उनीहरु एक हुन्छन्,’ लेखिएको छ ।

त्यसको चौतर्फी आलोचना नसेलाउदै सभापतिका अर्का उम्मेदवार नाम्गेल जाङबु शेर्पाले क्षेत्रीहरुलाई सक्नका लागि आफूलाई भोट दिन आग्रह गरेको र भोट किनबेचको वार्तालाभ भएको म्यासेन्जरको क्रिन सर्ट बाहिरिएको छ । सामाजिक सञ्जालमा यस्ता गलत प्रचारबाजीको सामाग्री सार्वजनिक भएपछि मेयर शेर्पाले खण्डन गर्दै फेक आईडी बनाएर निर्वाचनमा मतदाता भ्रमित पार्न खोजिएको बताए ।

उनले लेखेका छन्, ‘आगामी मंसीर १४ गते हुन गइरहेको नेपाली कांग्रेस सोलुखुम्बको जिल्ला सभापतिको चुनाबलाई लक्षित गरी मेरो नाममा फेक आई डी बनाएर मतदातामा भ्रम सृजना गरी मत प्रभावित गर्न खोज्नेलाई तत्काल गिराफ्तर गरि कडा भन्दा कडा कारबाहीको लागि जिल्ला प्रहारी कार्यलय मार्फत साईबर जिरोमा निबेदन दिएको छु ।’ उनले गलत प्रचार गर्नेलाई खोजी गरि गिरफ्तार गर्न साईबर जिरोमा उजुरी दिएको बताए ।

तर जनजातिलाई सिध्याउनुपर्छ भन्ने मनसायको म्यासेन्जर म्यासेजको बारेमा यतिका घण्टासम्म कांग्रेसका निर्वतमान सभापति बस्नेत बोलेका छैन् । न कुनै विज्ञप्ती, न कुनै स्टाटस, चुप बसेका छन् । उनी पक्षधरले भने कुप्रचारको जिम्मा शेर्पा पक्षधरलाई लगाएको छ ।

दुवैको सक्कली फेसबुक एकाउण्ट र म्यासेज बाहिरिएको एकाउण्ट निहाल्दा फोटो दुरुस्त राखिएपनि अन्य सूचना फरक पाइन्छ । एकले जनजाति सक्ने र अर्कोले क्षेत्री सक्ने भाव सहितको म्यासेज प्रति सामाजिक सञ्जालमा आलोचना भईरहेको छ । केहीले बौद्धिक वर्गले सामाजिक सञ्जालको दुरुपयोग गर्ने विरुद्ध कानुनी कारबाहीमा जान सुझाव दिएका छन् ।

Source:himal FM

प्रकाशित मिति ८ मंसिर २०७८, बुधबार १६:३८

सम्बन्धित समाचारहरु