कोरियामा एक नेपालीले आत्माहत्या, पार्थिव शरीर नेपाल पठाउन सहयोगको अपिल

वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत कोरिया आएका एक नेपालीले गत १३ तारिख आईतबारको दिन आत्माहत्या गरेका छन् ।

कोरियाको राजधानी सिओल देखि अन्दाजी २ सय किलोमिटरको दुरीमा रहेको क्षेत्र छुङछङनाम्दो खुमसानगुन पोक्सुम्यन पोक्सुरो स्थित रहेको एक फुड कम्पनीमा कार्यरत नेपालको मुल घर झापा भई हाल काठमाण्डौको कागेश्वरी मनहारा निवासी अन्दाजी ३० बर्षको यूनिक कालिकोटे रहेको कम्पनीमा संगै काम गर्ने सहकर्मी भुपेश तिमल्सिनाले जानकारी दिनु भएको हो ।

कम्पनीमा काम गर्ने सहकर्मी तिमल्सिनाका अनुसार १३ तारिख आईतबारको दिन कम्पनीमा केहि काम गर्नु पर्ने थियो । काम सकेर हामी सबैजना खाजा खाई व्यक्तिगत कार्य गर्न थालियो । पछि ६ बजे तीर संगै काम गर्ने कोरियनले कम्पनीको पछाडी पटिट कालिकोटे झुण्डी रहेको अवस्थामा देखेपछि प्रहरीलाई रिपोर्ट गरेको बताए ।

प्रहरीले कम्पनीको सिसिटिभी फुटेज हेर्दा अन्य नेपाली कामदारहरु खाजा खाई रहेको समयमा मृतक कालिकोटेले दिनको ३ बजेर २१ मिनटको समयमा डोरी लिएर कम्पनीको पछाडी पटिट गएको देखिएको बताए ।

कम्पनीमा काम गर्ने सहकर्मी तिमल्सिनाले बताए अनुसार सो कम्पनीमा काम गर्ने नेपालीहरु जम्मा ७ जना छन । मृतक कालिकोटे ईपीएसको पहिलो ५ बर्षे कार्यकाल सकेर पुन कोरिया आएका ६ महिना मात्र भएको छ । मृतकको नेपालमा छोरा जन्मिएको २ महिना मात्र भएको पारिवारीक श्रोतबाट थाहा भएको बताए ।

मृतक कालिकोटेको पार्थिव शरीरलाई नेपाल पठाउन आर्थिक समस्या भई रहेको हुनाले कोरियाबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सहयोग गरि दिनु हुन पनि हार्दिक अनुरोध गर्नु भएको छ ।

-फोनिज कोरिया

प्रकाशित मिति ३ मंसिर २०७९, शनिबार १२:०६

सम्बन्धित समाचारहरु