
काठमाडौँ । गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड—२०२४ को ग्राण्ड फिनालेमा ङिमा गेलु लामा शेर्पाले सर्वोत्कृष्ट शेर्पा गीत गायक बर्ष अवार्ड २०२४ पाउन सफल भएका छन् ।
गायक शेर्पाकै शब्द संगितमा दिकी ल्हमु शेर्पाको साथमा गएको अई ल्यमु गीत मार्फत शेर्पाले अवार्ड प्रप्त गरेको हो ।
बि.एस.के.एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.ले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभाकी उप—सभामुख ईन्दिरा राना मगर तथा विशिष्ट अतिथिको रुपमा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ सहभागी रहेका थिए।
“अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीतको संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यत्रममा प्रमुख अतिथि मगर र विशिष्ट अतिथि तामाङले सबै विधामा विजेता भएका कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए।