पेम्बा गेलु शेर्पा/अप्रिल २९, २०२५ | पोर्चुगल तथा स्पेनका केही क्षेत्रहरूमा अप्रत्याशित रूपमा भएको विद्युत आपूर्तिको अवरोधका कारण, अप्रिल २८ मा कागजात प्रमाणिकरणका लागि अपोइन्टमेन्ट लिएका करिब १५० जना सेवाग्राहीहरूको कार्य सम्पन्न हुन नसकेपछि उनीहरूको सेवा आज दिइने नेपाली दूतावास लिस्बनले जनाएको छ।
दूतावासले सार्वजनिक गरेको सूचनामा अनुसार, अप्रिल २८ मा अपोइन्टमेन्ट लिई प्रमाणिकरण गर्न नपाएका सेवाग्राहीहरूलाई आज मिति अनुसार निम्न समयतालिका अनुसार सेवा दिइनेछ:

  • बिहान ९:१५ देखि १०:३० बजे: ९:१५ को अपोइन्टमेन्ट भएका ।
  • १०:३० देखि १२:०० बजे: १०:३० को अपोइन्टमेन्ट भएका
  • दिउँसो १२:३० देखि २:३० बजे: १२:३० को अपोइन्टमेन्ट भएका ।
  • २:०० देखि ४:३० बजे: २:०० को अपोइन्टमेन्ट भएका।

यसैबीच, टिकटक लगायतका सामाजिक सञ्जालबाट फैलिएको गलत सूचनाका कारण धेरै सेवाग्राही अपोइन्टमेन्ट नलिई पनि दूतावास परिसर बाहिर लाइन लागी बसेको जनाउँदै, अप्रिल २८ मा मात्र करिब ४०० जना उपस्थित भएकाले सेवाप्रवाहमा गम्भीर असर परेको दूतावासले उल्लेख गरेको छ। त्यसैले अबदेखि अपोइन्टमेन्ट लिएका सेवाग्राही मात्र दूतावासमा आउनुहुन अनुरोध गरिएको छ।
सूचनामा आज अन्य कसैलाई पनि सेवा नदिइने भएकाले, दूतावास परिसरमा अनावश्यक भीडभाड नगर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय