सोलुखुम्बु  : सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ३ मा गएको पहिरोका कारण बोल्दो पुल तथा हाईड्रोपावरको संरचनामा क्षति पुगेको छ । शानिबार राति पहाडसहित खसेको पहिरोका कारण १९.८ बेनी हाईड्रोपावरको ट्रान्समिसन  लाइनको टावर पुर्ण रुपमा क्षति भएको आयोजनाका कर्मचारी रेवत कार्कीले जानकारी दिनुभयो । ठुला–ठुला ढुंगासहितको पहिरोले आयोजनाको अन्य विद्युतीय उपकरणहरुमा क्षति गर्दा ५० लाख बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।

सोलुखोला माथिको पक्की मोटरेबल पुलमा क्षति पुग्दा सडक पुर्ण रुपमा अवरुद्ध बनेको वडा अध्यक्ष  लाक्पा गेलु शेर्पाले जानकारी दिनुभयो ।  पहिरोले सडक अवरुद्ध भएपछि तामाखानी लोदिङ स्थित ज्वालामाई मन्दिर जाने मुख्य मार्ग बन्द भएको छ । मन्दिर जान फाप्लु, खोलाघारी हुँदै तामाखानी जोडिएको सडक बैकल्पिक रुपमा प्रयोग गर्न आग्रह गरिएको छ ।
Source:solu FM

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय