पेम्बा गेलु शेर्पा/ २४ जुन २०२५ ।

— पोर्चुगल सरकारले नयाँ नागरिकता कानून सार्वजनिक गर्दै, विदेशी नागरिकहरूका लागि आवश्यक न्यूनतम बसोबास अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्‍याएको छ। नयाँ नियमअनुसार, अब अधिकांश विदेशी नागरिकहरूले पोर्चुगलको नागरिकता प्राप्त गर्नका लागि कम्तीमा १० वर्ष कानुनी रूपमा बसोबास गर्नुपर्नेछ।

तर, पोर्चुगाली भाषा बोल्ने देशका नागरिकहरूका लागि भने केही सहज व्यवस्था गरिएको छ। ब्राजिल, अंगोला, मोजाम्बिकजस्ता लुसोफोन (पोर्चुगाली भाषिक) देशका नागरिकहरूले ७ वर्षको बसोबासपछि नागरिकता लिन सक्नेछन्।

पोर्चुगलका गृह मन्त्री अन्तोनियो लाइटाओ अमारोले सोमबार मन्त्रिपरिषद बैठकपश्चात् पत्रकार सम्मेलनमार्फत यो घोषणा गरेका हुन्। “हामी राष्ट्रिय पहिचान, कानूनको सम्मान र सामाजिक एकीकरणमा आधारित नागरिकता प्रक्रिया सुनिश्चित गर्न चाहन्छौं,” उनले बताए।

नयाँ कानूनका मुख्य बुँदाहरू:

  • गैर-पोर्चुगाली भाषिक देशका नागरिकका लागि अब १० वर्ष बसोबास अनिवार्य।

  • पोर्चुगाली भाषिक देशका नागरिकका लागि ७ वर्ष बसोबास।

  • बसोबास अवधि पूरा गरेपछि भाषा, संस्कृति, लोकतान्त्रिक मूल्यहरूमा ज्ञान मूल्याङ्कन गरिने।

  • गम्भीर आपराधिक गतिविधिमा संलग्न naturalized नागरिकको नागरिकता खारेज गर्न सकिने।

यो प्रस्तावित नियम संसदमा अनुमोदनका लागि पठाइएको छ र अत्यधिक सम्भावनामा छ कि Chega पार्टीको समर्थनमा पास हुनेछ।

नेपाली समुदायमा असर

पोर्चुगलमा काम र अध्ययानका लागि हजारौं नेपालीहरू बसोबास गरिरहेका छन्। नयाँ नियम लागू भएमा नेपाली नागरिकहरूलाई अब पोर्चुगलको नागरिकता लिन पहिलेभन्दा ५ वर्ष बढी पर्खनुपर्नेछ, जसले दीर्घकालीन योजना बनाइरहेका व्यक्तिहरूलाई असर गर्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय