०६ अप्रिल लिस्बन, पोर्चुगल – आप्रवासीहरूसँग काम गर्ने वकिलहरूले हिजो ५अप्रिलका दिन Agency for Integration, Migration and Asylum (AIMA) को मुख्य कार्यालय लिस्बनमा भेला भएर विरोध गरे। उनीहरूले AIMAले आफूहरूलाई काम गर्न गाह्रो बनाएको र नियमहरू पालना नगरेको गुनासो गरे।

वकिल एलेन लिन्हारेसले पत्रकारहरूसँग कुरा गर्दै भनिन्, “हामी यो विरोध गरेर AIMAले वकिलको काममा गरिरहेको अनावाश्यक बाधा हटाउन चाहन्छौं।” उनले भनिन्, “हरेक दिन वकिलका लागि थोरै टिकट मात्र दिइन्छ। साधारण काम  गर्न पनि अहिले धेरै गाह्रो छ।” उनी ब्राजिलकी वकिल हुन् र ६ वर्षदेखि पोर्तुगलमा काम गर्छिन्।

लिस्बनको कार्यालयमा यो विरोध भयो, जहाँ एक दर्जन वकिलहरू आए। त्यहाँ हरेक दिन वकिलका लागि जम्मा १० टिकट मात्र हुन्छ। त्यसैले धेरै वकिल बिहानै आउनुपर्छ, किनभने ९ बजे ढोका खुल्नुअघि नै टिकट सकिन्छ। “हामीले ग्राहकलाई के भन्ने, यदि हामीले ठाउँ पाएनौं भने?” एलेनले सोधिन्।

वकिलहरूले AIMAका उच्च ओहदाका कर्माचारीहरूसँग कुरा गर्न खोजे, तर जवाफ आएन। “हिजो हाम्री एक साथी अल्गार्भेबाट बिहान ४ बजे आयो, तर ऊ १० जनाभित्र पर्छु कि पर्दिनँ भन्ने थाहा थिएन,” एलेनले भनिन्। उनले काम गर्न नपाउनु आप्रवासी वकिलहरूका लागि ठूलो समस्या भएको बताइन्। अरू तरिकाले सम्पर्क गर्दा पनि जवाफ आउँदैन। “इमेल र चिठीको जवाफ आउँदैन, फोन पनि उठ्दैन, । त्यसैले हामी यहाँ आएर मात्र कुरा गर्न सक्छौं,” उनले भनिन्।

पछिल्ला महिनाहरूमा वकिलहरूले अदालतमा मुद्दा पनि हालेका छन्, तर सामान्य कामका लागि पनि पहुँच चाहिन्छ। “हामीले केही पनि हेर्न पाउँदैनौं,” एलेनले गुनासो गरिन्।

उनलेले भनिन्, “यो ढिलाइले आप्रवासीहरूलाई गाह्रो भएको छ। उनीहरूसँग कागजात छैन, केही गर्न सक्दैनन्। कागजात नहुँदा उनीहरू पोर्चुगलबाट बाहिर जान सक्दैनन्, डाक्टरकहाँ जान सक्दैनन्, केही गर्न सक्दैनन्।”

कागजात नहुँदा मान्छे “दृष्टिविहिन” जस्तो हुन्छ। “तर उनीहरूले कर तिर्छन्, काम गर्छन्। राज्यले पैसा लिन्छ, तर कागजात दिँदैन,” उनले थपिन्।

यो विरोधकी अर्की नेतृ प्याट्रिसिया भियानाले AIMA ले वकिलका गुनासो नसुनेको बताइन्। “हामीलाई प्रक्रिया हेर्न पहिलो अधिकार छ, किनभने हामी ग्राहकको हकका लागि लड्छौं। तर यहाँ आएर पनि हामीले हेर्न पाउँदैनौं,” उनले भनिन्। “यहाँ गुनासो दर्ज गर्ने पुस्तिका पनि छैन,” उनले थपिन्। “मैले गुनासो गर्न खोजें, तर खाली कागज मात्र दिए।”

नवनिर्वाचित बार एसोसिएसन अध्यक्षले वकिलहरूको प्रदर्शनलाई समर्थन

नवनिर्वाचित बार एसोसिएसन अध्यक्ष जोआओ मासानोले पनि AIMA मा भएको प्रदर्शनलाई समर्थन गरेका छन । मासानोले पोर्तुगल बार एसोसिएसनको लिस्बन क्षेत्रीय परिषद्को अध्यक्षको रूपमा AIMA को वर्तमान नेतृत्वसँग संवाद गर्न आफ्नो असफल प्रयासहरूको उल्लेख गरेका छन्।

“जब हामीले सार्वजनिक सेवाहरूमा यस्तो गम्भीर समस्या सामना गर्नुपर्छ, केही न केही गर्नैपर्छ,” उनले भने। “वकिलहरूलाई AIMA मा पहुँच नहुनु, विशेष गरी लामो समयसम्म पर्खिरहेकाहरूलाई सहयोग गर्न नसक्नु कुनै गम्भीर बिषय हो ,” नवनिर्वाचित बार अध्यक्षले थपे।

“आज एआईएमएसँग सम्पर्क गर्न असाध्यै गाह्रो छ,” मासानोले भने। उनले आप्रवासीहरूले भुक्तानीका लागि अपोइन्टमेन्ट लिन पनि ढिलाइ हुने उदाहरण दिए। “मलाई गोल्ड भिसासँग सम्बन्धित ठूलो रकमका केसहरू थाहा छ, जुन पोर्तुगलले दुई वर्षदेखि अपोइन्टमेन्टको अभावमा भुक्तानी प्राप्त गर्न सकेको छैन,” उनले उदाहरण प्रस्तुत गरे।

आगामी मे ८ तारिख साँझ ५ बजे पदभार ग्रहण गर्न लागेका मासानोले यो मुद्दा आफ्नो कार्यकालको प्राथमिकतामा रहने बताए। “सेवाको गुणस्तरसँग सम्बन्धित यो समस्याको समाधानमा हामीलाई बेवास्ता गर्न सकिँदैन,” उनले घोषणा गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय