काठमाडौं  :  गायक राजु लामाले सोमबार ६ हजार ११९ मिटर अग्लो पूर्वी लोबुचे हिमालको सफल आरोहण गर्नुभएको छ । इन्म्याजिन नेपाल एक्सपिडिसनमार्फत लामासहितको आरोही दलले हिमाल चढेको हो ।

जलवायु परिवर्तनले ल्याएको असरबारे सन्देश दिने उद्देश्यले उहाँले हिमाल चढनुभएको हो । राष्ट्रिय झण्डा लिएर लोबुचे शिखरमा पुगेका राजुले आरोहणको भिडियो पनि सेयर गर्नुभएको हो । राजुले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रम समेत आयोजना गर्ने तयारी गर्नुभएको हो  । संसारकै अग्लो स्थानमा कन्सर्ट गरेर रेकर्ड राख्ने उहाँको योजना छ ।

सगरमाथा आरोहणका लागि गायक लामाले गो फन्ड मीमार्फत रकम पनि संकलन गरिरहनुभएको छ  । मंगलबार दिउँसोसम्म यसमा ५ हजार ६९६ अमेरिकी डलर संकलन भइसकेको छ । यसैबीच, अभिनेत्री दीया पुन सोमबार दिउँसो सगरमाथा आधारशिविरमा आइपुग्नुभएको छ । जलवायु परिवर्तन र आफूले काम गरेको बेलायती स्वास्थ्य संस्थाको च्यारिटीका लागि हिमाल चढ्न दीयाले मंगलबार आधारशिविर क्षेत्रमा हाइकिङ गर्ने बताउँनुभएको छ ।
-source:solu fm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय