अगस्ट 14 शनिवार, युरोपियन मुलुक रोमानियामा अर्को नेपाली रेस्टुरेन्ट संचालन भएको छ । अगस्ट 14 शनिवार का दिन रोमानियाका लागि नेपाली अवैतानिक बाणिज्यदुत नवराज पोख्रेलको प्रमुख अतिथ्यमा औपचारिक रुपमा आदित्य किचन रेस्टुरेन्टको उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा बाणिज् दुत नवराज पोख्रेल ,शेर्पा किदुग रोमानिया का अध्यक्ष ल्हाक्पा तेन्जी लामा संचार कर्मी युवराज लामिछानेले शुभकामना मन्तव्य दिएका थिए भने आदित्य किचन रेस्टुरेन्टका संचालक गोपाल पाठकले रोमानियामा कार्यरत नेपाली हरु माझ आफनै नेपाली स्वादका खानाको परिकारहरु साथै इन्डियन स्वादका खानाको परिकार हरु पनि बनाइ पस्कन पाउँदा र यहाँ रहेका नेपाली हरु लाई एक साथ मा नेपाली खानाको स्वादमा रमाएका देख्दा आफुलाइ गर्ब महशुस भएको कुरा मन्तव्य का क्रम मा व्यक्त गर्नु भयो ।

उहाँले रोमानियामा कार्यरत निम्न तलब भएका नेपाली इन्डियन , अन्य एशियाली मुलुकका कामदारहरुका लागि विशेष सहुलियतमा खानाका परिकार हरु बिक्री गरि सेवा दिने भनाइ पनि व्यक्त गर्नु भएको थियो, उद्घाटन कार्यक्रम मा धेरैको संख्या मा नेपालीहरुको उपस्थिति रहेको थियो , रोमानिया मा बास्तबिक तथ्यांक नभएता पनि अनुमानित पाँच हजारको सङ्ख्यामा नेपालीहरु यहाँका विभिन्न शहरहरुमा कार्यरत रहेको छ ।

पछिल्लो समय रोमानियामा रोजगारी बाहेक केही व्यावसायिक क्षेत्रमा मा पनि आबद्ध रहेको पाइएको छ । यसै महिनामा मात्र रोमानियाको राजधानी बुकारेस्टमा दुई वटा नेपाली हरु संचालन गरिएको छ , गत जुलाइ 31 तारीख मात्र एभरेस्ट रेस्टुरेन्ट एन्ड बारको पनि विशेष कार्यक्रमको साथ भब्य उद्घाटन गरिएको थियो । यसरी लामो समय पछि रोमानियामा नेपाली रेस्टुरेन्टहरु संचालन भएर आफ्नै नेपाली खानाहरु साथ मजा लिन पाउदा धेरै खुशी लागेको नेपालीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय