शेर्पा संघ दक्षिण काेरियाले ग्याल्बो ल्होसार मनाइएको छ । संघले जनवरी २२ आइतबारको विविध कार्यक्रमको आयोजना गरी ल्होसार मनाइएको हो ।
दक्षिण कोरियामा नेपालीहरुको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै छुङराे सामगा स्थित एक हलमा भएको कार्यक्रममा लामागुरुले पूजापाठ गरि सुरु भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि आदिबासी जनजाती महासंघको क.अध्यक्ष विशन राईले शुभकामना दिदै लामो समय देखि राज्यबाट उत्पीडित समुदयहरु एकताबद्ध भएर भाषा, धर्म, सस्कार सास्कृत संरक्षण गर्न र राज्यको मुलधारमा आउनको लागि लग्नु पर्ने बताए । कार्यक्रममा दक्षिण काेरिया भिबिन्न जातीय संघ सस्था तथा क्षेत्रीय सस्थाको प्रतिनिदिहरुको उपस्थितिमा सम्पन्न भएको थियो।
हिमाली भोटचन्द्र पात्रो अनुसार ग्याल्पो ल्होसारको तिथि फरक परे पनि दक्षिण कोरियकोे प्रमुख चाड सलनालको अवसरमा हुने लामो विदालाई सधुपयोग गर्दै कोरिया भरिको शेर्पा तथा नेपालीहरु एक ठाउँ जम्मा भई समुहिक चाड मनाउन केहि समय परिवर्तन गरिेएको सस्थाको अध्यक्ष थुतुङ गेल्जी शेर्पाले हिमाली सन्देशलाई जनकारी दिए ।
विभिन्न शेर्पा सेब्रु नृत्य सहितको प्रस्तुती रहेको कार्यक्रममा गायक ङाती लामा शेर्पा , साङगे शेर्पा, पेमा शेर्पा र डिजे एपी तेञ्जिङ्ग शेर्पाको प्रस्तुति रहेको थियो ।
प्रकाशित मिति ९ माघ २०७९, सोमबार १५:३०