शेर्पा भाषा सिक्न चाहनेहरुको लागी शेर्पा भाषाको एप तयारी भएको छ । विश्व शेर्पा संघको पहलमा निर्माण गरेको एप्स अक्टुबर ८ तारिख विश्व शेर्पा दिवसको दिन काठमाडौँमा एक कार्यक्रमको बीच सार्वजनिक भएको छ । यो एपको माध्यामबाट अब विश्वभरि जहाबाट जो कसैले सजिलैसंग शेर्पा भाषा सिक्न सकिने भएको छ ।
‘ अबको नया पुस्ताले आफनो फोन, कम्प्युटर वा ल्यापटपबाट सजिलै शेर्पा भाषा सिक्न सकुन् भन्ने उद्देश्यले हामीले शेर्पा भाषाको एप निर्माण गरेको हो ‘ विश्व शेर्पा संघको अध्यक्ष आङ दोर्जि लामा शेर्पाले भने—’ गाउबाट शहर हुदै विदेशमा जन्मेर हुर्केका बालबच्चाहरुको साथै र शेर्पा भाषा सिक्न चाहने सबैको लागी निर्माण गरेको भाषा एप बौद्ध धर्म गुरु सेन्दा टुल्कुबाट सार्वजनिक गरिएको हो ।
एपमा नेपाली, सम्भोटा, अंग्रेजीको माध्यामबाट शेर्पा भाषाको शब्दा, वाक्य र उच्चारण गर्नेतरिका सिक्न सकिने भएको छ । शेर्पा भाषा एप निर्माणका लागी आर्थिक सहयोग गरेका विश्वका विभिन्न मुलुकमा रहेका शेर्पा संघसस्थाहरु, व्यक्तिहरु लाई उक्त कार्यक्रममा सम्मानपत्र सहित सम्मान गरेको थियो ।
सन २०१७ मा काठमाडौमा विश्वभरिका शेर्पा संघसस्थाको प्रतिनिधिहरुको उपस्थितिमा भएको पहिलो विश्व सम्मेलनले अक्टुबर ८ तारिखलाई विश्व शेर्पा दिवसको रुपमा मनाउने घोषणा गरेका हुन ।