दक्षिण कोरिया । शेर्पा सङ्घ, दक्षिण कोरियाले कोरियन चाड छुसकमा पहिलो पटक ‘हिमालयन साङ्गीतिक धमाका–२०२४’ गर्ने भएको छ । छुसकको दोस्रो दिन १७ गते सउलमा नेपालका चर्चित कलाकारहरू निमा रुम्बा गायिका समीक्षा अधिकारी, गायक मिङमा शेर्पा, गायिका पाल्मु शेर्पा, डिजे एपी तेन्जिङ शेर्पा र सुनिल शाक्यलगायतको प्रस्तुतिको साथमा हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने शेर्पा सङ्घका अध्यक्ष दोर्ची शेर्पाले बताए ।

आइतबार भएको पत्रकार सम्मेलन तथा पोस्टर सार्वजनिक कार्यक्रमको आयोजना गर्दै कार्यक्रम सफल पार्न सहयोग गरिदिनको लागि आयोजकले कोरिया बासी नेपालीहरू माँझ आग्रह गरेका छन् । आयोजकले जनाए अनुसार छुसकको दोश्रो दिन सेप्टेम्बर १७ तारिखमा हुने उक्त कार्यक्रमको प्रवेश शुल्क ३५ हजार कोरियन वन तोकिएको छ । कार्यक्रम सफल पार्नको लागि आदिवासी जनजाति महासंघ सम्बद्ध सम्पूर्ण संस्थाहरूको सहयोग रहेको छ ।

विपत् व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ’ कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक थुतुङ गेल्जी शेर्पाले बताए । कार्यक्रमको तयारी तीव्र भइरहेको पनि जनाकारी दिए । कलाकारको भिसा प्रोसेस सबै प्रक्रिया पुरा भएको जनाकारी दिए । हिमालयन साङ्गीतिक धमाका–२०२४ कार्यक्रमको लागि समन्वयन तथा सहकार्य नेपाल आदिवासी जनजाति महासङ्घ, दक्षिण कोरियाको गरेको संयोजक थुतुङ गेल्जी शेर्पाले बताए । उनले भने शेर्पा सङ्घ स्थापना भएदेखि नै पहिलो पटक बृहत् साङ्गीतिक कार्यक्रम गर्न लागेको बताए । सबैको एकै पटक साथ र सहयोगको लागि अपिल पनि गरेको छ ।

नेपाल आदिवासी जनजाति (नेफिन), दक्षिण कोरियाको अध्यक्ष विशन राईले यो कार्यक्रम ऐतिहासिक र दीर्घाकालीन महत्त्व भएकोले यसको लागि शेर्पा समुदायका साथीहरू एकजुट भएर सफल बनाउन लागिपर्नु पर्ने बताएको छ । भोलि तपाई हामीलाई समस्या पर्दा संस्थागत रूपमा शेर्पा सङ्घ हो, त्यसैले सबैले सबै क्षेत्रबाट साथ सहयोग गर्न विशेष आग्रह गरेको छ । उनले नेफिन कोरियाले सबै प्रकारका सहयोग रहने बताए । नेफिन अध्यक्ष विशन राईले कार्यक्रम सफलताको लागि शुभकामना समेत दिए ।

त्यस्तै नेपाल तामाङ घेदुङ, दक्षिण कोरियाको अध्यक्ष राजकुमार स्याङ्तान, किराँत याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका अध्यक्ष दिर्जा काङ्भा लिम्बु, तमु धीं दक्षिण कोरियाका अध्यक्ष रुपा गुरुङ र थारु कल्याणकारीकी सभाका पूर्व अध्यक्ष शिव शङ्कर थारुले कार्यक्रम सफलताको शुभकामना दिँदै आर्थिक, नैतिक र भौतिक सहकार्य रहने बताएका छन् ।

कार्यक्रम दिउँसो २ बजेदेखि  서울시 종로구 대학로3길 29, 지하철 1호선 종로5가역 2번출구 बाट २५० अगाडी हुने छ ।
कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सम्पुणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आयोजकले सहभागिताका लागि आमन्त्रण समेत गरेको छ ।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय