शेर्पा संघ दक्षिण कोरियाको अध्यक्षमा थुतुङ गेल्जि शेर्पा सर्वसहमत रुपमा निर्वाचित

गेल्छिरी शेर्पा कोरिया । दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरियाले यही सिप्टेम्बर २० तारिख चाैथाै महाधिवेशन सम्पन भएको छ ।

जनजाति महासंघ कोरिया को अध्यक्ष युगेल तेन्डुप शेर्पाको प्रमुख अतिथ्यमा सम्पन्न महाधिवेशन बाट थुतुङ गेल्जि शेर्पाको अध्यक्षतमा सर्वसहमत रुपले सम्पूर्ण कार्यसमिति निर्वाचित भएको हो । निर्वाचित कार्यसमितिमा अध्यक्ष थुतुङ गेल्जि शेर्पा बरिस्ठ उपध्यक्षमा आङ सोनाम शेर्पा महिला उपध्यक्षमा पेम्लक्कि शेर्पा महासचिव नवाङ शेर्पा, साँस्कृतिक बिभाग प्रमुख – आङ ङिमा शेर्पा र सदस्य दिकी शेर्पा रहेको छ ।

कोभिड १९ को प्रभाव अझै नरोकिएकोले गर्दा कोरियन सरकारको निर्देशन अनुसार प्रत्यक्ष भेला तथा सम्मेलन गर्न बन्देज रहेकोले जुम भर्चुअल मार्फत अधिवेशन गर्न गर्न परेको निवर्तमान अध्यक्ष पासाङ शेर्पाले हिमाली सन्देश लाई बताए ।

प्रकाशित मिति ४ आश्विन २०७८, सोमबार १५:१२

सम्बन्धित समाचारहरु