शेर्पा भाषा एप निर्माणको काम अन्तिम चरणमा

काठमाडौ,
शेर्पा भाषा एपको काम अन्तिम चरणमा पुगेको जम्बुलिङ शेर्वी छोक्पा अर्थात विश्व शेर्पा संघले जनाएको छ । शेर्पा भाषा बिकास तथा संरक्षणका लागि एपबाट नै भाषा सिक्न सक्ने प्रविधिमैत्री एप एकदेखि दुई महिनाभित्र सार्वजनिक गर्ने योजना रहेको विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामाले जानकारी दिनुभयो । एपको निर्माणको काम सम्पन्न भईसकेको र भाषा संकलन अपडेट गराउने कार्य भईरहेको उहाँले बताउनुभयो । ३५ लाखको योजनाका लागि हालसम्म विभिन्न संघ संस्था तथा व्यतिmहरुबाट २१ लाखको हाराहारीमा आर्थिक संकलन भईसकेको उहाँले हिमाली सन्देशलाई जानकारी दिनुभयो । विश्व शेर्पा संघका अनुसार आर्थिक सहायोग रकम रू ९ हजार ९ सय ९९ सम्मको सहयोगमा किदुग र संस्थाको नाम राखिने छ । १० हजार देखि ४९ हजार ९ सय ९९ सय सम्मको रकममा ब्यक्तिको नाम र ठेगना राखिने छ।
५० हजार देखि ९९ हजार ९ सय ९९ सय सम्मको सहयोगमा ठेगना र फोटो सहितको नाम राखिने छ भने एक लाख देखि माथीको सहयोगमा ठेगना फोटो र छोटो परिचय सहितको नाम राखिने जनाएको छ ।
संघसंस्था र किदुगहरूको हकमा एक लाख देखि दुई लाख ९९ हजार ९ सय ९९ सय रकममा संस्थाको नाम लोगो राखिने छ । तीन लाख भन्दा माथि सहयोग गरेमा संस्थाको लोगो, नाम र सबै कार्यसमितिको फोटो राखिने जनाएको छ ।

प्रकाशित मिति १९ श्रावण २०७८, मंगलवार ०८:५७

सम्बन्धित समाचारहरु