ओखलढुंगामा शेर्पा भाषा उद्घोषण तालिम सञ्चालन हुने

दावा जाङ्बु शेर्पा खिजी-देम्बा, शेर्पा संचार समूह नेपाल जिल्ला शाखा ओखलढुंगाले ८ दिने शेर्पा तथा नेपाली भाषाको उद्घोषण तालिम सञ्चालन गर्ने भएको छ । संचारक्षेत्रमा शेर्पा समुदायको सहभागिता तथा पछिल्लो समयमा लोप हुँदै गएको भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ यही कात्तिक २२ गतेदेखि सिद्दिचरण नगरपालिक रमाइलो डांडामा संचालन गर्न लागिएको संस्थाका सदस्य ङिमा शेर्पाले जानकारी दिनुभयो ।सदस्य शेर्पाका अनुसार चाैथो पटक आयोजना गर्ने तालिम शेर्पा समुदायको बसोबास रहेको सिद्दिचरण नगरपालिकामा तालिम संचालन गर्दा तालिमबाट संस्थाले लिएको लक्ष्य पूरा हुनुका साथै शेर्पा युवाहरुको पनि व्यापक सहभागिता रही भाषा संरक्षण तथा सम्बर्द्धन कार्यमा थप टेवा पुग्ने बताइएको छ।

संचारमध्यममा आदिवासी जनजातीको उपस्थिति न्युन हुने गरेको र शेर्पा समुदायको सहभागिता अझ कम भएकोले उनीहरुलाई प्रोत्साहन गर्न प्रत्येक वर्ष तालिम आयोजना गरि जनशक्ति उत्पादन गर्दै आएको संस्थाले जनाइएको छ । तालिमले सञ्चार क्षेत्र व्यवसाय क्षेत्र बनाउन नसकेता पनि भाषा संस्कृतिको संरक्षण नै पहिलो प्राथमिकता रहेको बताइएको छ। उक्त तालिमको प्रशिक्षकको रूपमा बिगतको वर्ष झै यसपटक पनि शेर्पा समुदायका युवा लेखक तथा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रीय महासचिव सेर्कु शेर्पा रहने छ।

संस्थाले कात्तिक २२ गतेबाट सञ्चालन हुने उद्घोषण तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुलाई आवेदन फाराम पेश गर्न आह्वान समेत गरेको छ ।

प्रकाशित मिति ३१ आश्विन २०७८, आईतवार १६:१०

सम्बन्धित समाचारहरु