काठमाडौ । शेर्पा भाषा एपका लागि संकलित शब्दको विज्ञ समूहबाट प्रमाणिकरणको काम सुरु भएको छ । । सोलुखुम्बु , रामेछाप, सिन्धुपाल्चोक,तेह्रथुम,ताप्लेजुङ लगायतका भाषामा नै विभिन्न क्षेत्रमा सक्रिय विज्ञ टोलीबाट हरेक दिन नेपाल शेर्पा संघको केन्द्रिय कार्यलयमा नै शब्दहरुको प्रमाणिकरण गर्ने काम गरिरहेको जम्बुलिङ शेर्वी छोक्पा अर्थात विश्व शेर्पा संघले जनाएको छ ।
शेर्पा भाषा बिकास तथा संरक्षणका लागि एपबाट नै भाषा सिक्न सक्ने प्रविधिमैत्री एप छिटोभन्दा छिटो सार्वजनिक गर्ने योजनामा विश्व शेर्पा संघ रहेको छ । एपको निर्माणको काम सम्पन्न भईसकेको एपमा भाषा अपडेट गर्ने काम बाँकी रहेकाले संकलित भएको शब्दहरुको प्रमाणिकरण पछि एपमा अपडेट गराउने छ ।
३५ लाखको योजनाका लागि हालसम्म विभिन्न संघ संस्था तथा व्यतिmहरुबाट २१ लाखको हाराहारीमा आर्थिक संकलन भईसकेको जम्बुलिङ शेर्वी छोक्पा अर्थात विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामाले हिमाली सन्देशलाई जानकारी दिनुभयो । विश्व शेर्पा संघका अनुसार आर्थिक सहायोग रकम रू ९ हजार ९ सय ९९ सम्मको सहयोगमा किदुग र संस्थाको नाम राखिने छ । १० हजार देखि ४९ हजार ९ सय ९९ सय सम्मको रकममा ब्यक्तिको नाम र ठेगना राखिने छ।
५० हजार देखि ९९ हजार ९ सय ९९ सय सम्मको सहयोगमा ठेगना र फोटो सहितको नाम राखिने छ भने एक लाख देखि माथीको सहयोगमा ठेगना फोटो र छोटो परिचय सहितको नाम राखिने जनाएको छ ।
संघसंस्था र किदुगहरूको हकमा एक लाख देखि दुई लाख ९९ हजार ९ सय ९९ सय रकममा संस्थाको नाम लोगो राखिने छ । तीन लाख भन्दा माथि सहयोग गरेमा संस्थाको लोगो, नाम र सबै कार्यसमितिको फोटो राखिने जनाएको छ ।