नवगठित शेर्पा सञ्चार समुह नेपाल ओखलढुंगा शाखाले ओखलढुंगा जिल्लामै पहिलो पटक शेर्पा भाषाको उद्घोषण तालीम दिन लगेको छ । एक हप्ता सम्मा चल्ने प्रशिक्षण यही असोज १ देखी ८ गते सम्म सञ्चालन हुने जिल्लाका सचिव दावा शेर्पाले जानकारी दिनु भयो ।
ओखलढुंगाको खिजीफलाटे स्थित होटल देम्बाको सभाहलमा हुने उक्त कार्यक्रम सहभागी हुन प्रशिक्षर्थीले एक प्रति पासपोर्ट साइजको फोटो सहित यहि भद्रा २० देखी ३१ गते सम्ममा सस्थाको पदधिकारीहरुलाई सम्पर्क गर्न सकिने सस्थाको अध्यक्षा ङावाङ नुरी शेर्पाले हिमाली सन्देशलाई बताउनु भयो ।