एकल शेर्पा गायन प्रतियोगिता सम्पन्न : सोलुखुम्बुका टासी जाङबु प्रथम

काठमाडौ  ।  शेर्पा ईभेन्टस अर्गनाईजरले पहिलो पटक आयोजना गरेको एकल शेर्पा गायन प्रतियोगिता सम्पन्न भएको छ । कोरोना महामारीलाई मध्यनजर गरी पहिलो पटक भर्चुवल माध्यममा सम्पन्न प्रतियोगितामा सोलुखुम्बका टासी जाङबु शेर्पा प्रथाम भएका छन । क्रमश दोेस्रो स्थान संखुवासभाका लाक्पा एन शेर्पा ,सोलुखुम्बुका कुन्जाङ छ्योपेल शेर्पा तेस्रो भएका छन ।
सोलुखुम्बुकै छेतेन टाशि शेर्पा सान्त्वना र पब्लिक चोईसमा सोलुखुम्बुकै ङिमा डोल्मा शेर्पा रहेका छन । प्रतियोगितामा कलाकार डेण्डी शेर्पा, आङ ङिमा शेर्पा कुङगा र सोनाम शेर्पा कोशिसले निर्णायकका भूमिका निर्वाह गर्नुभएको थियो ।शेर्पा समुदायको मौलिक गीत संगीत जगेर्ना गर्ने उदेश्य सहित शेर्पा भाषाका गीत संगीतलाई मात्र स्थान दिईएको थियो ।


उत्कृष्ट प्रतियोगीहरुलाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरेको छ ।
पुरस्कारहरु
प्रथम पुरस्कार १५०००
द्धतीय पुरस्कार १००००
तृतीय पुरस्कार ५०००
पब्लिक चोईस ५०००
सान्त्वनालाई प्रमाणपत्रसहित शुक्रबार काठमाडौमा एक कार्यक्रम गरी पुरस्कार वितरण गरेको संस्थाका महासचिव पेम्बा शेर्पाले जानकारी दिनुभयो । नेपाल शेर्पा संघका केन्द्रिय अध्यक्ष गेल्जे लामाको प्रमुख आतिथ्यमा सम्पनन कार्यक्रममा भोइस अफ नेपालको तेस्रो संस्करणमा टप ८ सम्म पुग्न सफल भएका सोनाम ग्याल्छो शेर्पा पनि सम्मान गरेको आयोजकले जनाएको छ । शेर्पा समुदायको संस्कार संस्कृतिको संरक्षण साथै युवाहरुको सशतिmकरणका लागि शेर्पा ईभेन्टसले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने महासचिव शेर्पाले बताउनुभयो । प्रतियोगितामा ४० भन्दा बढी शेर्पा युवाहरुले भाग लिएका थिए । शेर्पा ईभेन्टस अर्गनाईजर बिशुद्ध सामाजिक संस्था हो ।

प्रकाशित मिति १३ भाद्र २०७८, आईतवार ०९:२५

सम्बन्धित समाचारहरु