सोलुखुम्बु :  हिमाली जिल्ला सोलुखुम्बुमा स्थानीय स्तरमा उत्पादन भएको  स्याउको माग बढ्न थालेको छ ।स्वादिलो र स्वास्थ्यका लागि समेत लाभदायिक  हुने भएकाले लोकल स्याउको माग बढ्दै गएको हो । जिल्लावासीहरुले बाहिरबाट आएका स्याउ भन्दा अहिले लोकल स्याउ बढी किन्ने गरेको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माका दाबा शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार बजारमा प्रति किलो ३ सय ५० का दरले बिक्री हुर्दै आएको हो ।

स्वादिष्ट र स्वास्थ्यवर्धक हुने भएकाले आयातित स्याउ भन्दा पनि लोकल स्याउ धेरै मात्रामा किन्ने गरेको सोलुदूधकुण्ड नगरपालिका–५ सल्लेरीका सन्तोष सुब्बाको भनाई छ । स्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्ने अनुभवी बताउछन् ।   खोरियाका आङ बाबु शेर्पा स्थानीयस्तरमा उत्पादन भएका लोकल स्याउ खानाले स्वास्थ्यका लागि धेरै राम्रो हुने र विषादीको प्रयोग नभएकाले बजारमा लोकल स्याउको माग उच्च भएको बताउनुभयो ।
Source:Solu FM

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय