सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको बार्षिक साधारण सभा तथा पुस्तक विमोचन कार्यक्रमको सम्पन्न

कोरियालि नयाँ वर्ष सलनालको अवसर पारि 21 जनवरी २०२३मा सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको बार्षिक साधारण सभा, सस्थाको २० औं स्थापना दिवसको अवसरमा संस्थाको स्मारिका-२०२३ को साथमा संस्थाको अध्यक्ष राजु राई द्वारा लेखित सपनाको देश कोरियामा पुस्तक एकसाथ विमोचन कार्यक्रमको सम्पन्न भएको छ।

पुर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राईको प्रमुख अतिथ्यातामा बिशिस्ट अतिथि तथा वक्ता पराजित पोमु, जीवन खत्री बिशिस्ट अतिथि नेपाली राजदुतावासका तृतीय सचीव संगम खत्री , जनजाति महासंघका का. बा अध्यक्ष बिसन राई तथा अतिथिहरु संस्थाका सल्लाहकार युगेल तेन्डुप शेर्पा, सुनिल दिप्त राई, खोटाङ सेवा समाजका , ताप्लेजुङ सम्पर्क समिती,प्रतिनिधि सथै किरात याक्थुम चुम्लुङका अध्यक्ष दिर्ज काङभा लिम्बु कि. रा.या.का अध्यक्ष पदम राई थारु कल्याणकारी ,शिव शंकर महतो तामाङ घेदुङका अध्यक्ष रवि लामा , शेर्पा संघ उपाध्यक्ष पेमलक्की शेर्पा , कवि सुष्मा रानाहमा, दिपा मेवाहाङ को आतिथ्य र सोलुखुम्बु वासी तथा अन्य नेपाली दाजुभाइ दिदिबहिनीहरुको उपस्तिथिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा पूर्वाञ्चल सरोकार समाज कोरियाको अध्यक्ष प्रमुख अतिथि अमृत राईले संस्थाले २०औ स्थापना दिवसको अवसरमा स्मारिका प्रकाशन गरेकोमा बधाई दिदै अध्यक्ष राजु राई द्वारा लिखित सपनाको देश कोरियामा संग्रह माथी चर्चा गर्दै आफू पनि २७,२८ वर्ष अघि ठूलो सपना बोकेर कोरिया प्रवेश गरेको र त्यही सपना पूरा गर्न गरेका हजारौं संघर्ष बारे आफुलाई पनि लेख्ने ईछा रहेको बताए भने त्यस्तै विशिष्ट अतिथी एवं वत्ता मधुवन साहित्यिक प्रतिष्ठान नेपालका अध्यक्ष कवि जीवन खत्रीले “सपनाको देश कोरियामा ” संग्रह माथी बोल्दै सकारात्मक पाटो र केही त्रुटिपूर्ण कमजोरी माथी सुझाव सहित सपनाको देश कोरियाभित्र कोरिया आएर देखिएका सपना सबै पूरा नहुने केही सहज केही असहज सपनाहरु रहेकाले ती सपनाहरु यस पुस्तक भित्र समेटिएको हुदा पाठकहरु लाई किताब पढ्न अनुरोध गर्दै लेखक लाई पुस्तक लेखनमा निरन्तरता दिन अनुरोध गरे साथै विशिष्ट अतिथी एवं वत्ता आदिवासी जनजाति लेख संघ कोरियाका संयोजक ,कवि पराजीत पोमुले “सपनाको देश कोरियामा ” माथी बोल्दै पुस्तकमा लेख्न खोजिएको कुरा धेरै भएता पनि कोरियाको सास्कृतिक , सामाजिक पक्षलाई समेत समेटन पाएको भए सुनमा सुगन्ध हुने बताउदै पुस्तक लेखन सरल तवरले सबैले बुझ्ने भाषाको शब्द चयन गरि लेखिएको बताएका थिए ।

यसै गरि संस्थाका अध्यक्ष राजुु राईले उपस्थित सम्पुर्ण लाई धन्यवाद दिदै औपचारिक कार्यक्रम सम्पन्न भै कार्यक्रम बन्द सत्र तिर प्रवेश गरेको थियो ।बन्द सत्रमा संस्था कोषाध्यक्ष प्रविन राईले आर्थिक प्रतीवेदन प्रस्तुत गरेका थिए भने सचीव वसन्त नाछिरिङ्ले वार्षिक प्रतिवेदन पेस गरेका थिए ।साथै विधान संशोधन समितिका संयोजक युगेल तेन्डुप शेर्पाले उक्त वार्सिक साधारण सभा संसोधित विधान प्रस्तुत गर्दै संसोधित विधानका दफा उपादफा माथी प्रस्ट पार्दै उक्त वार्सिक साधारण सभाले संसोधित विधानलाई अनुमोदन गर्दै उक्त संसोधित विधान दशौ कार्यसमितिका अध्यक्ष राजु राई लाई हस्तान्तरण आथित्यमा सम्पन्न कार्यक्रममा गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

स्मारिका पुस्तकमा संस्थाको सुरुवाती चरण देखि अहिलेसम्मका संस्थाले गर्दैआएका सामाजिक गतिबिधिहरु समेटि सोलुखुम्बुजिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन,गर्ने उदेश्यका साथ सोलुखुम्बु जिल्ला भित्रका १ नगरपालिका र ७ गाँउपालिकामा रहेका धार्मिक, साँस्कृतिक ऎतिहाँसिक स्थलको लेख तथा रचनाहरुलाई समेत समेटिएको संस्थाको अध्यक्ष राजु राईले हिमाली सन्देशलाई जानकारी दिनु भयो।

प्रकाशित मिति ८ माघ २०७९, आईतवार ०९:१९

सम्बन्धित समाचारहरु