सोलुखुम्बुको सोताङमा एक घर जलेर नष्ट

सोलुखुम्बु : सोलुखुम्बुको सोताङ गाउँपालिका ३ खाउसेको एक घरमा आगलागी हुँदा ५ लाख बढीको क्षति भएको छ । आज (शनिबार) राती करिब २ बजे स्थानीय कुविरधन राईको घरमा आगलागी हुँदा ५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरिक्ष ऋषिराज ढकालका अनुसार आगलागीबाट राईको ढुङ्गा माटोले बनेकोे दुई तले घर सहित सो भित्र भएका नगद ५ हजार, अन्नपात, भाडावर्तन, लत्ताकपडा लगायतका सामाग्री जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर लागेको उक्त आगो इलाका प्रहरी कार्यालय सोताङबाट खटिएका प्रहरी टोली र स्थानियको सहयोगमा करिब ३ घण्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगालगी पछि राई परिवारको विचल्ली भएको छ

-Solu FM

प्रकाशित मिति २ माघ २०७८, आईतवार ०९:०३

सम्बन्धित समाचारहरु