सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले ११औ अधिवेशन 2024 सेप्टेम्बर 15 तारिख छुसकको पहिलो दिन आइतबार १ बजे पूर्वी नेपाल दक्षिणको कोरियाको सभा हलमा ११औ अधिवेशन गर्ने जनाएको छ ।
2003 मा स्थापना भएको यस संस्थाले गत सलनालको अवसरमा कोरियामा रहँदा भैपरी आउने समस्यालाई समाधान गर्न उद्देश्यका साथ आपतकालीन राहत कोष स्थापनार्थ” सबिन राई & फारोह ब्याण्डका” साथ नेपालका चर्चित कलाकारहरूको सहितको वृहत ऐतिहासिक “चोमोलोङ्मा साङ्गीतिक सौगात भाग-४ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको थियो ।
संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि जिल्लामा सोलु दूधकुण्ड नगरपालिकामा रहेको हस्पिटल लाई एम्बुलेन्स प्रदान गरि सकेको छ भने कोरोना महामारीको बेला स्वस्थ सामाग्री जिल्लाका ८ पालिका लाई सहयोग गरेको थियो भने, केही पालिकामा स्वास्थ्य उपकरणहरू समेत पठाई सकेको छ भने यस्ता धेरै जिल्ला भित्र र कोरियामा पर्ने आपत विपद सामाजिक तथा आर्थिक सहयोग जुट्दै आएको छ । साथै यस संस्थाले विभिन्न सामाजिक संघ संस्थाहरू सँग हातेमालो गर्दै स्थापना काल देखि हाल सम्म सामाजिक ,आर्थिक सहयोगको कार्यमा अनवरत रुपमा लागि रहेको छ ।
साथै सगरमाथा दिवस २०७९ को अवसरमा सोलुखुम्बु जिल्ला भित्रका जुनसुकै देशमा रहेका हरेक ब्यक्तिले सहभागी हुन सक्ने गरि सोलुखुम्बुको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित सोलुखुम्बु जिल्ला भित्रका धार्मिक, संस्कृतिका, ऐतिहासिक, पहिचानात्मक, पर्यटकीय स्थानहरूको बारेमा खल्ला अनलाइन लेख तथा रचनाको कार्यक्रम छपन्न गरि प्रतिनिधि सभा सदस्य सोलुखुम्बुका माननीय हेमकुमार राई ज्यूको प्रमुख आतिथ्यमामा पर्यटन क्षेत्रमा योगदान गरिसक्नु भएका व्यक्तित्व, सोलुखुम्बु सेवा समाजका पूर्व अध्यक्ष साथै पूर्व कार्यसमितिहरू लगायत सोलुखुम्बुबासीहरूको उपस्थितिमा पुरस्कार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
२ दशक भन्दा लामो इतिहास बोकेको यस संस्था सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले गत वर्ष आफ्नो २०औं स्थापना दिवसको अवसर पारी सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको स्मारिका प्रकाशनको गरेको थियो ।